लोकसंवाद संवाददाता | समाचार | साउन ०७, २०७६
काठमाडौं, एजेन्सी । बेलायतको सत्ताधारी कंजरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा बोरिस जोनसनले जेरेमी हंटलाई पराजीत गरेका छन् । कंजरभेटिभ पार्टीको नेता भएसँगै जाेनसन बेलायतकाे प्रधानमन्त्री बन्नेछन् । उनका प्रतिस्पर्धि जेरेमी हंट अहिले बेलायतको विदेश मंत्री छन् ।
नयाँ प्रधानमंत्रीले बुधवार आफ्नो पद सम्हाल्नेछन् ।
टेरेसा मे ले ब्रेक्जिट सम्झौता बेलायतको संसदबाट पास गराउन नसकेपछि राजीनामा दिएकी हुन् ।