बाबुहरि ज्ञवाली | जीवनदर्शन | साउन ११, २०७६
यदि ह्यहं न वर्तेयं जातु कर्मण्य तन्त्रितः ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। २३
भावार्थ – हे पार्थ ! यदि कदाचित् एक पटक म सावधान भएर (निष्क्रिय अवस्थामा रहेर) कर्ममा रहिन भने सारा मनुष्यहरू सबै प्रकारबाट मेरो नै पथको अनुवर्तन गर्दछन् ।
विशिष्टार्थ – अतन्द्रित क्रिया गर्दा गर्दा समाधि लाभ हुने बेलामा यदि मन विषयको अवलम्बन गरेर निष्क्रिय बन्यो भने त्यो अतन्द्रित भएको मानिदैन किन कि विषयमा मन रहनु भनेको तन्द्रा हो र आत्मामा मन रहनु जागरण हो । मन लय हुने बेलामौ चित्तै को अवलम्बन रहनाले नै अतन्द्रित निष्क्रिय अवस्था हुन्छ ।
अतन्द्रित भएर अर्थात विषय संसव परित्याग गरेर व्यवसायात्मिका बुद्धियुक्त भएर कर्मबाट पृथक् रहँदा मन प्रसूत समुदयवृत्तिको पृथक सत्वा सबै हटेर जाँदा आत्माको जुन अनन्त विस्तृत निश्चल अवस्था हो त्यही अवस्थाको प्राप्ति हुन्छ, अनि ‘म’ नै सबै ‘म’ बाहेक अरू केही छैन, यस्तो ज्ञान हुन्छ । यस्तो हुनुको कारण हो अहंवृत्ति । यो चुम्बकको अगाडि फलामको चंचलता जस्तै भिन्न भिन्न कोषका आवरणमा निज निज पृथक् सत्वालाई स्थिर राखेर क्रियाशील हुन्छ । अहंवृत्ति मेटिएपछि सम्पूर्ण क्रियाको अन्त हुन्छ ।
उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम् ।
संकरस्य च कर्ता स्यामु पहन्यामिमाः प्रजाः ।। २४
भावार्थ — यदि मैले कर्म गरिन भने यी सबै लोकहरू नष्ट होलान् तथा म संकर (वर्णसंकर) को कर्ता होउँला अनि यी सबै प्रजा नष्ट होलान् ।
विशिष्टार्थ – अतन्द्रित भएर कर्मको अधिकार पार हुँदा यो पृथ्वी नष्ट भएर पानीमा मिल्ने छ, पानी तेजमा, तेज वायुमा र वायु आकाशमा विलीन हुनेछ । यसरी हुने लय योगमा तत्व समूह नष्ट हुँदै एक अर्कोमा विलीन हुँदा त्यो ऊध्र्व स्तरमा उपनीत हुन्छ, अनि प्राकृतिक तत्व र आत्मतत्वको एकत्र मिलनरूप संकर उत्पन्न हुन्छ – परस्पर विरुद्ध पदार्थहरूको एकत्रावस्थानलाई नै संकर भन्दछन् । यसरी संकर बनेपछि प्रकृतिको सृष्टिमुखी वृत्ति मेटिएर ब्रम्हमुखी वृत्ति हुँदा प्रजा जसको जन्म पहिले भैसकेको छ अर्थात् जुन समस्तवृत्तिले सृष्टि विस्तार हुन्छ, त्यो सबै नष्ट हुन्छ । यो नष्ट हुनुको कारण मनै बन्नेछु । (यो अवस्थाको लाभ भएपछि साधकले प्रकृतिमाथि कर्तृत्व गरिरहन्छ, यो कुरा उसले राम्ररी बुभ्mन सक्छ, अनि उसको स्वामी उपाधि हुन्छ । )
सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत ।
जब प्राण विन्यासले प्रति चक्रको शक्ति प्रबुद्ध भएर आउँछ तथा भित्रमा अपूर्व ज्योति विकास हुन्छ, तब प्रति चक्रबाट प्राणक्रियालाई उठाएर ल्याएर एकत्रित गरेर मूद्र्धामा ‘भ्रुवोर्मध्ये’ स्थापना गर्नु शाम्भवीको प्रयोग गर्नु हो र यसको नाम सर्व कर्म समाचरणद्वारा योजना गर्नु हो ।
कुर्याद्विद्वांस्तथासक्त श्चिकीर्षुर्लोक संग्रहम् ।। २५
भावार्थ– हे भारत ! अविद्वान् पुरुषहरू कर्ममा आसक्त भएर जस्तो कर्म गरिरहन्छन् लोक संग्रह गर्न चाहने विद्वान् पुरुष पनि अनासक्त भएर त्यस्तै कर्म गर्ने छन् ।
विशिष्टार्थ – जुन पुरुषहरू जीव बुद्धिद्वारा चालित भएर केवल आप्mना इन्द्रिय सुखहरू खोज्दछन्, किन्तु विचार बुद्धिको आश्रय नलिएको हुनाले त्यस सुखको स्वरूपलाई जान्न सक्दैनन्, ती सबै अविद्वान् हुन्, अनि ती पुरुषहरू जो विचार बुद्धिको अवलम्बन गरेर वैराग्यद्वारा विषयनन्दलाई त्याग गरेर आत्मानन्द लाभमा यत्न गर्दछन् ती सबै विद्वान् हुन् । अविद्वान् पुरुषहरू मलाई धन प्राप्त होस्, पुत्र प्राप्त होस्, यश प्राप्त होस् आदि वासनामा आसक्त भएर जसरी घोर उद्यमका साथ कर्म गर्छन् विद्वान् जनले पनि ठीक त्यस्तै प्रकारको उद्यमले किन्तु आसक्तिलाई पूर्णरूपले त्याग गरेर कर्म गर्नु पर्दछ । अनि मात्र लोक संग्रह गर्न सकिन्छ । अर्थात् मूलाधारादि सबै स्थानहरूबाट वृत्तिसमूहलाई आकर्षण गरेर लय योगद्वारा सत्य ब्रम्हमा स्थिति लाभ गर्न सक्नेछन् ।
विचार बुद्धिको अभावका कारण सुखको प्रकृत भाव ज्ञान नहुनाले अविद्वान् जसरी आसक्त भएर कर्म गर्छन्, त्यसमा तिनीहरूबाट ईश्वरको नामले विषयहरूको नै आराधना हुन्छ, ती सबै कर्मफल दिन भोगका देवता आकृष्ट हुनाले तिनीहरू कर्ममा आवद्ध हुनु पर्छ, प्रकृत आत्म सुखको प्राप्ति हुँदैन ।
न बुद्धिभेदं जनयेदज्ञानां कर्मसंगिनाम् ।
योजयेत् सर्वकर्माणि विद्वान् युक्तः समाचरन् ।। २६
भावार्थ – विद्वान पुरुषहरुले सकाम कर्ममा आसक्त अज्ञानी पुरुषहरूमा बुद्धिभेद अर्थात् कर्ममा अश्रद्धा उत्पन्न नगरून् । किन्तु स्वयं योगयुक्त भएर आप्mना समस्त कर्महरू गर्दै उनीहरूबाट पनि त्यस्तै कर्महरू गराउन् ।
विशिष्टार्थ– कूटस्थको ठीक केन्द्रमा दृष्टिपात गर्नाले एक छिद्र लक्ष्हुन्छ, त्यसलाई भ्रामरी गुहा भन्दछन् । त्यस गुहाको मुख उज्ज्वल कृष्णवर्णको हुन्छ, परन्तु त्यसका चारैतिर उज्ज्वल छटा विशिष्ट ज्योतिले घेरिएको हुन्छ र आवरण तथा विक्षेप रूपा दुई महाशक्तिद्वारा रक्षित हुन्छ । त्यहां दृष्टि दिनासाथ दृष्टिलाई अर्कैतिर लगाई दिन्छ नत्र भने पर्दाले ढाके जस्तै ढाकिदिन्छ । ब्रम्हचर्य, सात्विक आहार व्यवहार, विषय भोगाकांक्षा त्याग, दृढ सहिष्णुता एवं प्राणक्रिया यी सबैको अभ्यासले शरीरमा शान्त तेजको बृद्धि भएर भ्रूमध्यमा आकाश भेदी एक दृढ शक्ति उत्पन्न हुन्छ, त्यो शक्ति आवरण तथा विक्षेप शक्तिद्वारा आवृत या विक्षिप्त हुँदैन । अनि गुहामुखमा दृष्टिपात गर्दैमा गुहाको मुख सुविस्तृत भएर अभ्यन्तर दृष्टिगोचर हुन्छ, धर्मको तत्व पनि जानिन्छ । त्यसैकारण शास्त्रले भनेको छ – ‘धर्मस्य तत्वं निहितं गुहायाम्’ । अव त्यो आचारण विक्षेपभेद हुनु नै हो ‘बुद्धिभेद’ । –दोस्रो अध्यायको ५० औं श्लोकको बुद्धियुक्त र यस श्लोकको ‘बुद्धिभेद’ कार्यतः एउटै हो ।) किन कि बुद्धि क्षेत्र भन्दा माथि उठेर बुद्धि माथि स्थिर हुनाले नै यस्तो हुन्छ । यो बुद्धिभेद अज्ञ तथा कर्मासक्तहरूको हुँदैन, किन कि प्रथमतः अज्ञ (मूर्ख) को फेरि त्यसमा आसक्ति रहनाले विषयको आकर्षण यति धेरै हुन्छ कि त्यो गुहाको निकट पुग्न पनि सकदैन, विक्षेप माथि विजय प्राप्त गर्नु त परे रहोस् । त्यस कारण विद्वान् मनुष्य युक्त भएर अर्थात् आसक्ति त्याग पूर्वक कूटस्थमा लक्ष्य स्थिर गरेर सर्व कर्म समाचरणद्वारा योजना गर्छन् भने बुद्धिभेद हुनेछ । पृथ्वी, अप, तेज, वायु, आकाश यी सकलको नाम झ ‘सर्व’ हो । रेचक–पूरक गर्नुमा ती सकलमा जुन एक एक प्राणको ठक्कर दिनु पर्छ त्यही एक एक कर्म हो । त्यो कर्म ब्रम्हनाडीको अवलम्बन गरेर गर्नु पर्छ, चक्रको संस्पर्श भित्र जानु हुँदैन । यसरी गर्नाले नै समाचरण गर्नु हुन्छ । जब प्राण विन्यासले प्रति चक्रको शक्ति प्रबुद्ध भएर आउँछ तथा भित्रमा अपूर्व ज्योति विकास हुन्छ, तब प्रति चक्रबाट प्राणक्रियालाई उठाएर ल्याएर एकत्रित गरेर मूद्र्धामा ‘भ्रुवोर्मध्ये’ स्थापना गर्नु शाम्भवीको प्रयोग गर्नु हो र यसको नाम सर्व कर्म समाचरणद्वारा योजना गर्नु हो । (योनिमुद्राद्वारा पनि यसै प्रकारले हुन्छ, किन्तु त्यो अचिरस्थायी हुन्छ । परन्तु पहिले पहिले योनिमुद्राको अभ्यासले नै त्यो मार्गमा लक्ष्य सुगम हुन्छ । ) यसरी प्राणकर्मलाई उठाएर ल्याएर आज्ञामा धारण गर्नाले मन–प्राण एक हुन्छ, अतएव मन अरू तल ओर्लदैन, लक्ष्य कूटस्थमा लागेर अडिरहन्छ, अनि अन्तराकाश सहस्र गुना ज्योतिर्मय हुन्छ, सुवर्णाच्छादित भ्रामरी दृष्टिगोचर हुन्छ, त्यसका आवरण विक्षेपरूपा दुबै शक्तिहरू स्वतः निस्तेज हुन्छन्, अनि त्यस आवरण विक्षेपको नाशले नै धर्मका तत्वहरू प्रत्यक्ष हुनछन् ।
प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः ।
अहंङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ।। २७
भावार्थ – प्रकृतिका सत्व रज, तम तीनै गुणहरुद्वारा सबै प्रकारले सम्पूर्ण कर्महरु सम्पन्न हुन्छन्, किन्तु जसको चित्त अहंकारले विमूढ भएको छ यस्तो अज्ञानीले ‘म नै कर्ता हँु’ यस्तो ठान्दछ ।
विशिष्टार्थ – शरीरभित्र एक एक वृत्ति साधक एक–एक पृथक् यन्त्र हुन्छ । जस्तै– चक्षु, कर्ण, नाक आदि बाहिरका वृत्ति साधनका यन्त्र हुन् भने मस्तिष्क पनि त्यस्तै अन्र्तवृत्ति साधन यन्त्र हो । अन्तर्वृत्ति भित्र मनोजवृत्तिहरू एकसय तथा बुद्धिज वृत्तिहरू छ प्रकारका छन् । यी सबै वृसत्तहरू मध्ये कुनै कुनैको नाम हो – राग द्वेष, हिंसाः, ईष्र्या, घृणा, शंका, काम, क्रोध, लोभ, मोह, मद, मत्सरता; हर्ष, लज्जा, भय, दम्भ, दर्प, अभिमान; दया, माया, ममता; चिन्ता,शोक, परिताप; शम, दम, तप, क्षमा, तितिक्षा, उपरति; दान, ध्यान, जप; स्मृति, मेघा, धृति, तुष्टि, स्वस्ति; विवेक, वैराग्य, ज्ञान; सुख, दुःख, इच्छा, आशा; वासना, विकास; अहंकार, अमायिकता; विनय, सौजन्य; गाम्भीर्य, औैदार्य, साहस, पराक्रम; स्नेह, भक्ति इत्यादि ।
मस्तिष्क एक विचित्रको पदार्थ हो । सृष्टिकर्ताको यो एक यस्तो कृतित्व हो जुन एउटै उपादानबाट गठित भएर पनि यसको आकार, आयतन र अंशको तारतम्य भेद तथा कुञ्चन, सीधा, बाङ्गोटिङ्गोको अल्पाधिकता अनुसार यो भिन्न भिन्न वृत्तिका क्रियाहरूको आधार वा यन्त्र हो । यस मस्तिष्कको गठन भेदले नै मनुष्य असल वा खराव हुन्छ । जसको मस्तिष्कमा जति अधिक यन्त्रहरू हुन्छन् उसमा त्यति नै प्रकाको क्रियाशक्ति हुन्छ, फेरि प्रति यन्त्रका अंगको सौष्ठव या असौष्ठवका कारण शक्तिको पनि तीक्ष्णता वा क्षीणता हुन्छ । ती सबै यन्त्रको सहायताले नै ‘म’ वाचक आत्माले काम गर्दछ । त्यसकारण यन्त्र भएन भने आत्माले केही काम गर्न सक्दैन । जस्तै आँखा, कान आदि विकल (दोषयुक्त) भएमा देख्ने, सुन्ने काम हुँदैन, त्यस्तै मस्तिष्कमा स्नायु मण्डलीको कुनै अंश विकिृत भयो वा रहेन भने ती ती स्नायु वा यन्त्र साधन वृत्तिहरूको पनि स्फुरण हुँदैन । यथार्थतः जे जति क्रिया हुन्छ त्यो सबै शारीरिक यन्त्र वा प्राकृतिक गुणहरूको सहायताले नै हुन्छ आत्माले केही गर्दैन । परन्तु आत्माको अस्तित्वकै कारण यी सबै कामगर्ने हुन्छन् ।
अरु पनि, शरीरमा जब जुन गुणको अधिकता हुन्छ, इन्द्रियहरूले पनि सोही गुणको वशमा रहेर क्रिया गर्दछन् । त्यसवेला कुनै प्रकारले अर्को गुणको क्रिया गरिदैन । साधक असाधक सबैलाई थाहा छ, मनमा यदि कुनै शोक दुःख उपस्थित हुन्छ भने त्यस अवस्थामा अरू कुनै काम काज वा कर्तव्याकर्तव्यको निष्पत्ति हुँदैन । शरीर, मन अवश, अभिमूत हुन्छ । जतिबेला उत्साहका साथ शौर्य–वीर्य अवलम्बित हुन्छ, तब शोक, दुःखको कुरा वा कारण तथा कर्तव्याकर्तव्य विचारले मनमा स्थान पाउदैन, – युद्धकालमा योद्धाको अवस्था ठीक त्यस्तै हुन्छ । फेरि जब मन सत् चिन्तामा निविष्ट हुन्छ तब पार्थिव शोक, दुःख, माया, ममता, उन्नतिको आशा तथा चेष्टा आदिलाई अति हेय संझिन्छ । वास्तविक कुरा के हो भने जबसम्म मन कुनै एक भावद्वारा अभिभूत हुन्छ तबसम्म स्वतः चेष्टा गरेर पनि उसलाई अर्कोतिर फर्काउन सकिदैन । मनको इच्छाकोआपूरण गर्नु कति वेला त शरीरको सामथ्र्य चेष्टामा पनि अटाउँदैन, र गरेको कामबाट मनोनुकूल फल पनि मिल्दैन ।
यी सबै कुरा देखेर राम्ररी बुझन सकिन्छ कि क्रिया विषयमा प्रकृतिको नै प्राधान्य हुन्छ ‘म’ को हुदैन । तर पनि अहंकारको यति शक्ति छ कि ”म कर्ता” हुँ यस प्रकारको भाव मनमा स्वतः उत्पन्न हुन्छ ।
मस्तिष्क एक विचित्रको पदार्थ हो । सृष्टिकर्ताको यो एक यस्तो कृतित्व हो जुन एउटै उपादानबाट गठित भएर पनि यसको आकार, आयतन र अंशको तारतम्य भेद तथा कुञ्चन, सीधा, बाङ्गोटिङ्गोको अल्पाधिकता अनुसार यो भिन्न भिन्न वृत्तिका क्रियाहरूको आधार वा यन्त्र हो ।
तत्ववित्तु महाबाहो गुणकर्मविभागयोः ।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते ।। २८
भावार्थ – हे महाबाहो अर्जुन ! गुण विभाग र कर्म विभाग यी दुवैको तत्वलाई जान्ने व्यक्तिले इन्द्रियहरू विषयमा प्रवृत्त हुन्छन् म हुन्न भन्ने यस प्रकारको ज्ञान राख्ने हुनाले कर्तृत्वाभिमान गर्दैन ।
विशिष्टार्थ – तत्ववित्–प्रकृतिसंगको सम्बन्ध विच्छेद गरेर परमात्मासंगको आप्mनो नित्य सम्बन्धलाई जान्ने व्यक्ति तत्ववित् हो । ऊ गुण विभाग र कर्मविभागबाट सर्वथा अतीत हुन्छ । सत्व, रज, तम यी तीनै गुण प्रकृतिजन्य हुन्, यी तीन गुणको कार्य सम्पूर्ण सृष्टि त्रिगुणात्मिका छ अर्थात् शरीर, इन्द्रियहरू, मन,बुद्धि, पदार्थ आदि सशै गुणमय छन् – यो नै गुण विभाग हो अनि शरीरादिबाट हुने क्रिया कर्म विभाग हो । अज्ञानी पुरुषहरू यी गुणहरूसंग आप्mनो सम्बन्ध मानेर यिनीहरूद्वारा हुने क्रियाको कर्ता आफूलाई ठान्दछन् । परन्तु साधनामा आत्मक्रियाको उन्नति हुनाले गुण, कर्म र आत्मा यी सबैको पृथक् पृथक् सत्ता तथा क्रियाको उपलब्धि हुन्छ तथा बुद्धिभेदवाट विशुद्ध अहंवृत्ति प्रस्फुरित हुन्छ, तब विषयेन्द्रिय संयोगको फलस्वरूप शरीरको क्रिया, स्वतः सम्पन्न हुन्छ, ‘म कर्ता हुँ’ भन्ने यस्तो भाव आउँदै आउँदैन ।
प्रकृते र्गुणसंमूढाः सज्जन्ते गुणकर्मसु ।
तानकृत्स्नविदो मन्दान्कृत्स्नविन्न विचालयेत् ।। २९
भावार्थ – देहादिमा अभिमान राख्ने जुन मानिसहरू शब्द स्पर्शादिको क्रियामा कर्तृत्वाभिमान गर्दछन् ती सबैअकृत्स्नवित् तथा मूढ हुन् । कृत्स्नवित्ले तिनीहरुलाई विचलित नगरुन् ।
विशिष्टार्थ – जसले कृत्स्न (ब्रम्हाण्ड) लाई जान्दछ त्यो कृत्स्नवित् ईश्वर हो, कूटस्थ चैतन्य हो र अकृत्स्नवित् जीव हो । (जीव–अविद्याको वशमा रहेर जसले आत्मालाई विर्सेको छ, जो यस शरीरको अध्यक्ष हो, जो प्राण समूहको धारयिता, जो चेतन नाम पाएर पनि स्वल्पज्ञ छ त्यही पुरुष जीव हो ।)
जुन जीव मन्द अर्थात उद्यम विहीन छ, त्यो यदि देहाभिमानी बनेर शब्द स्पर्शादि विषय भोगमा रत रहन्छ भने ईश्वरले उसलाई विचलित गर्दैन अर्थात् मृत्यु संसार सागरबाट उद्धार गर्दैन, चिज्ज्योतिको विकासले भित्रको अँध्यारो हटाई दिएर बाटो देखाउँदैन; त्यो आपूmलाई परिचालन गर्दै गर्दै विषयभित्र घुमिरहन्छ । जबसम्म कर्तृत्व रहन्छ, ईश्वरमा आत्म समर्पण हुँदैन तवसम्म ईश्वरले उसलाई उद्धार गर्नु हुँदैन, परन्तु जब आत्म समर्पण गर्दछ तत्क्षणात् प्रभुले उसको भार लिनुहुन्छ । दृष्टान्त स्वरूप–कुरुसभास्थलमा बस्त्रहरणको समयमा द्रौपदीले जबसम्म आप्mनो वस्त्रलाई समातेर भगवान् श्रीकृष्णलाई उद्धारको लागि प्रार्थना गरिन्, तबसम्म श्रीकृष्ण उपस्थित हुनु भएन, जब द्रौपदीले आप्mनो वस्त्रलाई छोडेर ऊध्र्वबाहु बनेर श्रीकृष्णमा सम्पूर्ण आत्मसमर्पण गरिन्, तुरुन्त श्रीकृष्णले अन्तरिक्षमा दर्शन दिएर वस्त्ररूप बनेर उनको रक्षा गर्नु भएको थियो ।
मयि सर्वाणि कर्माणि सन्यस्याध्यात्मचेतसा ।
निराशीर्निममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३०
क्रमशः
याे पनि
जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो
इन्द्रियद्वारा ग्रहण विषयको नाम नै ‘आहार’ हो