निर्णय स्वतन्त्रता कति सम्भव कति असम्भव

निर्णय स्वतन्त्रता कति सम्भव कति असम्भव

आशिष पौडेल  |  दृष्टिकोण  |  माघ १७, २०७५

       
मानिस स्वतन्त्र प्राणी हो यसमा कुनै विवाद, बहस र थप अनुसन्धान गर्नेे जरुरत छैन । यस प्रसङ्गसँग कोही असहमत हुन्छ भने उसले बहस निम्त्याउन सक्छ, तर यो बहस पनि स्वतन्त्रता तर्फको उसको यात्रा हो भन्ने कुरामा कुनै शंका रहंदैन । यदि मानिसमा यतिसम्मको ज्ञान आर्जन भइसकेको छ भने, ऊ किन ‘यो वाद र त्यो वाद’ भन्दै चराको पछि बाज लागेझैं गरी लागिरहन्छ । यस विचारका अघि  र त्यस विचारकापछि किन लागिरहन्छ ?  यसमा शायद मनुष्यको स्वार्थ जोडिएको छ । रोजीरोटी जोडिएको छ । र जोडिएको छ लालचको लड्डु । यसलाइ उसले त्याग्नै सक्दैन । र, त्याग्न खोज्दा घर , परिवार, समाज, इष्टमित्र, दाजुभाइ, नातागोता, छरछिमेक तथा साथीभाइले छोड्न दिंदैनन् । अथवा विभिन्न बहाना तेर्‍स्याएर उ आफैं उम्कन चाहँदैन । 

हेर्दा त आफ्नो कुरा हो, त्याग्दा के भो र भन्ने सजिला उत्तर पनि आउन सक्छन । तर यी कुराहरुमा मानिस यसरी गाँजिएको हुन्छ कि यो माखे साङलोबाट सितिमिति कोहि पनि उम्कन सक्दैन । बाहिरबाट सग्लो सांगोपांगो मान्छे मानसिक रुपले यति अडबांगो र बांगोटिंगो हुन्छ कि हरेक निर्णय लिंदा उ दोधारे मानसिकतामा जेल्लिएको हुन्छ । उसको निर्णयसंग परोक्ष सरोकार राख्ने व्यक्तिका  दृष्टि उसको यो मानसिक अवस्थालाइ कि त नजर अन्दाज गर्छन अथवा स्वार्थ प्रेरित भएर उसले आफ्नो दृष्टि बमोजिम सहि ठहर्याएको निर्णय लेओस भन्ने निहित स्वार्थ राख्छन । र विपरित निर्णय आएका खण्डमा ती व्यक्तिका मनमा जुन चोट पुग्छ त्यसलाइ उनीहरुले विभिन्न माध्यम तथा भाव भंगिमाका रुपमा प्रकट गर्छन । त्यो मूल निर्णयकर्ताले समयमै बुझिदिनु पर्छ । निर्णय कर्ताले यसमा हेक्का नराखेका खण्डमा सम्बन्धित व्यक्तिका हरेक व्यवहारमा उसप्रति असहमति प्रकट हुन्छ । र यो असहमति र कुंठाको भाव लामो समयसम्म रही रहन सक्छ ।  

हरेक तह/तप्काका मानिस यो परिस्थितीमा जकडिएका हुन्छन । एकाध जो कोही यसबाट मुक्त छन भने ठान्नुस ती केही हदसम्म भएपनि स्वतन्त्र छन । खुशीको कुरा हो । हामी आफूमा नभएको भन्दा पनि आफूले प्रकट गर्न नसकेको कुरा अरु कुनै माध्यमबाट पूर्ति गराउन लाग्छौं । आफ्नो स्वार्थ पूर्तीको माध्यम अरुलाइ बनाउँछौं र आत्मरतिमा रमाउँछौं । यसो गर्दा सकभर सजिलै उपलब्ध हुने र सामान्य तवरले नियाल्दा नदेखिने माध्यमको प्रयोगमा हाम्रो जोड र रुची रहन्छ । हामी हाम्रो सपना छोराछोरीमा देख्छौं र त्यो अभीष्ट पूरा गर्न रातदिन नभनी लागिरहन्छौं । कथंकदाचित त्यो पूरा भएन भने सकभर त्यसको आक्रोश व्यवहारमा प्रकट गर्छौं र आफ्नो जोर नचलेका खण्डमा भाग्यवादको सहारा लिन्छौं । 

ठीक यही कुरो हामी राजनीतिमा खोज्छौं । जहाँ साम, दाम, दण्ड, भेद जस्ता यसका मौलिक हतियार तथा खरखजानाको प्रयोग सामान्य मानिन्छ । अनि फेरि हामी हाम्रा नेतासंग हाम्रा मनमा गुम्सीरहेक हरेक समाधानको आशे नजर लगाइ बसिरहेका हुन्छौं । यो हेरिंदैन कि त्यो नेताको पृष्ठभूमी के हो ?

ठीकै छ, समय बदलियो, ‘अब यिनीहरु आफ्नो निर्णय लिन स्वतन्त्र छन’ भनी मनका गुम्फन उगेल्छौं । त्यसो भन्दै गर्दा हाम्रो अनुहारको भाव भंगीमा साँच्चै हेर्न लायक हुन्छ । यसो भन्दैमा हरेक निर्णय गलत हुन्छन भन्ने होइन । विगतमा गरिएको (गलत नै त नभनौं) निर्णयका कारण केही उचनिच पर्न गएका कारण त्यो अनुभवका आधारमा यसो गर्नुपर्छ भन्ने बाबुआमाको सल्लाह सुझाव कहिले उमेरको प्रभावका कारण र कहिले यिनलाइ भन्दा त मलाइ नै थाहा छ नि, म त भर्खरको मान्छे देश दुनियाँ एकै क्लिकमा हेरेको छु भन्ने केही अहं र केही अल्पज्ञानका कारण स्वतन्त्र भन्दा पनि फरक निर्णय लिन उद्यत हुन्छ जसका कारण उसको अनुभवको दायरा फराकिलो हुँदै जान्छ जो उसले पछि उसका छोराछोरीमा प्रयोग गर्न थाल्छ । यसरी नै पींढी दरपींढी चल्दै रहन्छ परम्पराको रथ । र बहस हुँदै गर्छ स्वतन्त्र निर्णयको । हामी आफ्ना मनका बोझहरु अरु कुनै माध्यमबाट प्रकट होस भन्ने चाहन्छौं । ताकि पर्दा पछाडीबाट सुरक्षित तवरले उक्त दृष्य हेर्न सकियोस । सिनेमाको पर्दामा नायकले खलनायकलाइ धुस्नो हुनेगरि चुटेको देख्दा उसका मनका अतिरिक्त भारहरु पखालिएर सङ्लो भएझैं लाग्छ र अचानक सीटिको स्वरले सिनेमा हल गुञ्जायमान हुन थाल्छ । पहिले श्रीमान गंभीरमा ठाडो नभएको उसको शिर एक्कासी ठडिन पुग्छ र थोरै भएपनि राहतको अपान वायु निस्कन थाल्छ । नायकका प्रत्येक पञ्चको प्रहार हामीले वास्तविक जीवनमा आफ्ना खलनायकहरुलाइ लक्षित गर्दै प्रहार गर्न थाल्छौं । त्यसले प्रदान गर्ने खुशीको बौछार थामिनसक्नुको हुन्छ । चलचित्र हलबाट ओडार नपुगेसम्म त्यसको ऊर्जाले केही समय सम्म लोडशेडिङ्गको प्रभाव रहँदैन । शायद भान्सा तयार गरेर पतिको प्रतिक्षामा घरको घण्टीमा कान थाप्दै गरेकी अद्र्धाङ्गिनी समक्ष पनि त्यो दिन अलि चर्को स्वरमै प्रेम प्रकट हुन बेर मान्दैन । यो हो हाम्रो मनको स्वभाव । यसले थप प्रष्ट्याउन मद्दत गर्छ हामी कहीं न कहीं, केही न केहीबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा प्रभावित हुन्छौं । 

ठीक यही कुरो हामी राजनीतिमा खोज्छौं । जहाँ साम, दाम, दण्ड, भेद जस्ता यसका मौलिक हतियार तथा खरखजानाको प्रयोग सामान्य मानिन्छ । अनि फेरि हामी हाम्रा नेतासंग हाम्रा मनमा गुम्सीरहेक हरेक समाधानको आशे नजर लगाइ बसिरहेका हुन्छौं । यो हेरिंदैन कि त्यो नेताको पृष्ठभूमी के हो ? हाम्रो पहिलो दृष्टि नेताको प्रचारित व्यक्तित्वमा पर्न जान्छ । तर हुनुपर्ने चाँही यो हो, नेता पनि त मानव हो । मानव भएका नाताले उसका पनि मानवीय कमजोरी छन । सामाजिक प्राणी भएका हिसाबमा ऊ संग पनि आफन्त ,साथीभाइ , छरछिमेक तथा नसनाता नचाहँदा नचाहँदै जोडिन्छन । पद , पैसा र पावर यी तीन “प” का पछाडी मरिहत्ते गरेर लाग्ने अहिलेको सर्वव्यापक मानविय स्वभाव नै हो । अझ यसमा पारिवारिक जंजाल छँदैछ । 

यी सबै चौघेरा नाघेर स्वतन्त्र निर्णय लिन सम्भव छ त ? के नेताको ठाउँमा हामी भैदिएको भए यो सम्भव हुन्थ्यो ? हामी यसमा कहिले घोत्लिएका छौं ?? प्रश्न उठ्न सक्छ उसले रोजेको विषयमा ऊ स्वयं जिम्मेवार हुनु पर्दैन र ! निश्चय पनि पर्ला तर मानवीय स्वभाव र मनको कमजोरी यही हो कि ऊ लोभी छ । उसलाइ स्वतन्त्र निर्णय गर्न हम्मे हम्मे पर्छ । त्यसका लागि उसलाइ बाँध्ने ऐन नियम कानून चाहिएको छ । तर पनि मौका मिल्दा त्यसका छिद्रहरुबाट उसले टाउको छिराउँछ छिराउँछ । त्यसका लागि परस्पर विपरीत नजर चाहिन्छ । जोगी देखि भैंसी डराउने र भैंसी देखि जोगी डराउने खालको । तर यहाँ त भैंसी र जोगी नै एकआपसमा  मिलेर पूर्ण हुने परम्परा पो छ !

ठीक यही मनोदशाले ग्रसित छ परिवार । आमा , बाउ , दाजु , भाइ , दिदी , बहिनी , छोरा , बुहारी सबका सबमा यही मनोग्रन्थी हावी छ । बाउ आर्थिक रुपले मजबुत हुने हुँदा केही हदसम्म निर्णय लिन स्वतन्त्र छ । र अलि अधिनायकवादी शैलीमा अघि बढेर निर्णय लाद्न खोज्छ । आमा, बाउकी अद्र्धाङ्गिनी, उसको निर्णय चुपचाप सहन्छे । सहँदै आएकी छे । आर्थिक रुपमा विपन्न एवं परनिर्भर आमाको मनमा पति प्रतिको आस्था, प्रेम, विश्वास र सामाजिक एवं पारिवारिक परम्परागत ‘स्ट्रक्चर’ का कारण यो सहनशीलता ‘निर्बलको बल राम’ प्रारम्भ हुन्छ जुन शनैः शनैः उसको स्वभावकै रुपमा विकसित हुँदै जान्छ । 
बाउले छोराछोरीलाई  कर्तव्य र जिम्मेवारीका रुपमा लिएको हुन्छ । त्यसैले उनीहरुमाथि अधिकार प्रयोग गर्न खोज्छ । छोराछोरीका रुपमा भने बालबालिकाले केवल अधिकार जान्दछन, कर्तव्य ‘भाँडमा जाओस’ । लँडाइ यहींनिर छ, अधिकार र कर्तव्यका रुपमा । 

तर, नियाल्दै जाँदा फेरि मनकै सतहमा पुगिन्छ । अझ पराइ घरकी छोरी जब बुहारीका रुपमा भित्रन्छे तब शुरु हुन्छ असली मजा ढ्यान्ट¥याङ्ग  । अब घरको हरेक निर्णयमा विद्रोही आवाज बुलन्द हुन थाल्छ । द्वन्दात्मक भौतिकवादको असली प्रयोगशाला हुन थाल्छ घर । विद्रोही चेतले भरपूर । हरेक कुरालाइ हेर्ने अलग दृष्टि र अलग धार । माक्र्सवादी चेतको विकास । अब स्वयंले श्रृष्टि गरेर संचालन गरेको गृहस्थीमा त स्वतन्त्र निर्णय लिन यति कठिन छ भने, मनन गरौं के हामी स्वतन्त्र छौं ? हामी स्वतन्त्रताका नाममा बन्दी भएको स्वयं हामीलाई पत्तो हुँदैन । ‘हाय रे स्वतन्त्रता’ ! वाह, निर्णय स्वतन्त्रता ।