लोकसंवाद संवाददाता | समाचार | साउन २२, २०७६
काठमाडौं, एजेन्सी । ब्रिटेनको युनिभर्सिटी अफ लीड्सका शोधकर्ताले संसारको सबैभन्दा पातलो सुन तयार गरेका छन् । यो सामान्य सुन भन्दा १० गुना उपयोगी मानिएको यो सुन मानिसको नङभन्दा करीब १० लाख गुना पातलो रहेको छ ।
दुईवटा परमाणु मिलेर बनेको यो सुनको मोटाई ०.४७ नैनोमीटर छ । यो धातुको प्रयोग क्यान्सर ठीक गर्नका लागि उपयोगी ठानिएको मेडिकल स्ट्रूमेंट्स तथा इलेक्ट्रोनिक्स इंडस्ट्रीमा अझ बढ्ने ठानिएको छ । अहिले सुनको प्रयोग एयरोस्पेस, इंजीनियरिंग तथा इलेक्ट्रोनिक्स उपकरणमा हुँदै आएको छ ।
सामान्य सुन भन्दा १० गुना धेरै प्रभावकारी
सुनलाई नरम धातुको कोटिमा राखिन्छ । प्रविधिको विकासमा यसको २ डी फर्म अझ उपयोगी साबित हुने बताइएको छ । यसको प्रयोग फोल्डिंग स्क्रीन, इलेक्ट्रोनिक इंक तथा पारदर्शी डिस्प्लेमा अझै बढ्नेछ । हालै भएको परीक्षणमा २ डी सुनको प्रयोग हालको सुनभन्दा १० गुना धेरै प्रभावकारी देखिएको छ ।
यसको प्रयोगले मेडिकल परीक्षणको गति तथा पानी सफा गर्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउनेछ । तर, यसको प्रयोगले मेशिनको मूल्यमा भने केही वृद्धि हुनेछ । यसको फाइदा भने निर्मातालाई हुनेछ ।
यसका बारेमा शोध गर्ने प्रोफेसर स्टीफन इवेंसका अनुसार २ डी सुनको क्षमतालाई उपयोगी बनाउने धेरै तरिकाहरु छन् जो अहिलेको औद्योगिक उत्पादनको तुलनामा धेरै प्रभावकारी हुनेछ ।