प्रधानमन्त्री निवासमा बिहे !

प्रधानमन्त्री निवासमा बिहे !

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २२, २०७६

काठमाडौं, एजेन्सी । पाकिस्तानको प्रधानमन्त्री निवास विवाह स्थलमा परिणत भएपछि सोशल मीडियामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको मजाक उड़ाइएको छ । धेरैले यो विषयमा इमरानप्रति खेद जताएका छन् । 

सामाजिक संजालमा भाइरल भएको विवाहको तस्वीरमा इमरान खान पनि देखिएका छन् । भव्य प्रधानमन्त्री निवासलाई शिक्षण संस्था बनाउनुको साटो विवाह स्थल बनाइएकोमा उनको व्यापक आलोचना भएको छ । 

तीन अगस्टमा प्रधानमन्त्रीको सैन्य सचिव ब्रिगेडियर वसीम इफ्तिखार चीमा को छोरीको बिहे इस्लामाबाद स्थित प्रधानमंत्री निवासमा आयोजना गरिएको थियो । यो बिहेमा प्रधानमन्त्री लगायत अन्य हाई प्रोफाइल व्यक्तिको उपस्थित भएको थियो । 

इमरानले पछिल्लो वर्ष विशाल प्रधानमंत्री निवासलाई शिक्षण संस्थानमा रुपान्तरण गर्ने कुरा गरेका थिए । तर, प्रधानमंत्री निवासलाई विवाह स्थलमा परिणत गरेपछि उनको चर्को आलोचना भैरहेको छ ।