चीनमा पाईलट बन्दै अनाथ बालबालिका

चीनमा पाईलट बन्दै अनाथ बालबालिका

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २२, २०७६

काठमाडौं, एजेन्सी । चीनको जेडवायबी लिली एयरलाइन्सले अनाथ बच्चालाई विमान उड़ाउने स्पेशल तालिम दिइरहेको छ । ताकि भविष्यमा अनाथ बच्चा पनि पाइलट बन्न सकुन् । एयरलाइन्सले यो तालिम समरक्याम्पको रुपमा शुरू गरेको हो । यस क्याम्पका लागि एयरलाइन्सका अधिकारीले १३० बच्चालाई छनौट गरेको छ । तालिमका लागि अधिकारीले एउटा टेस्ट पनि गराउने गरेका छन् । त्यसपछि मात्र पहिलो ब्याच तयार भएको थियो । यो तालिम हुनान प्रांतको कुनमिंग सिटीमा संचालन भइरहेको छ । अनुभवी पाइलटहरुले बच्चाहरुलाई पालैपालो तालिम दिइरहेका छन् । 

एयरलाइन्सको फ्लाइट इंस्ट्रक्टर वू लेईले भने, ‘यी बच्चाहरुलाई उड़ान भर्नका लागि तयार तयार गरिंदैछ ।’ हामी उड्ने सपना देख्नेलाई अगाडी बढाउँदैछौं । एक दिन उनीहरुले आकाशमा उड्ने सपना पुरा गर्नेछन् । 

पाइलट बनाउनका लागि लिओनिंग अनाथ स्कुलले बच्चाहरुलाई परीक्षाद्वारा चुनिएको थियो । १९६५ मा स्थापित यस स्कुलले अहिलेसम्म ३००० भन्दा अधिक अनाथ बच्चालाई पाइलट बनाएको छ । 

छनौट भएका बच्चालाई विमान उड़ान तालिमका अलावा स्थानीय नर्थईस्ट इंटरनेशनल अस्पतालद्वारा विमानसँग जोडिएको सुरक्षा तथा बचाउ सम्बन्धि प्रशिक्षण पनि दिइने छ । 

चीनको नागरिक मामला मंत्रालयको आंकड़ा अनुसार देशमा कुल अनाथ बालबालिकाका संख्या ३,४३,००० छ । जसमा पछिल्लो तीन वर्षमा ३० प्रतिशत घटेको छ । हाल ९७,८१९ अनाथ बालबालिका विभिन्न कल्याणकारी संस्थानको संरक्षणमा रहेका छन् ।