लोकसंवाद संवाददाता | समाचार | साउन २३, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रेलियामा पछिल्लो वर्ष २२ जना पुरुषले गर्भधारण गरी बच्चा जन्माएका छन् । डिपार्टमेंट ऑफ ह्यूमन सर्भिस ले बर्थ रेट सम्बन्धि तथ्यांक जारी गर्दा यो संख्या सामुन्ने आएको हो । बच्चा जन्माउने सबै २२ पुरुष ट्रांसजेंडर भएको बताइएको छ । यी सबै पुरुषको नाम ती २२८ पुरुषको सुचीमा समावेश गरिएको छ जसले पछिल्लो १० वर्षमा बच्चा जन्माएका थिए ।
यसभन्दा अघि २००९ सम्म यसका बारेमा कुनै आधिकारिक आंकड़ा बाहिर ल्याइएको थिएन् । लिंग परिर्वतन पछि पुरुष भएकाहरुले यदि बच्चा जन्माएको सन्र्दभमा केही मानिसले भने उनीहरुको पुरुषत्वमा प्रश्न उठाएका छन् । मानिसहरुको मान्यता छ यदि कोही पुरुषले बच्चा जन्माउँछ भने यदि उ साँचो अर्थमा कहिले पनि पुरुष हुनै सक्दैन् ।
अस्ट्रेलियाको मेलबर्न युनिभर्सिटीका एक प्रोफेसरका अनुसार, जसले लिंग परिवर्तन गरेको छ उसले सोच्छ पुरुषत्वको मतलब हरेकका लागि अलग अलग हुनसक्छ । तर, उसको सोचने तरिका त्यति रूढ़िवादी होइन जति अरु मानिसले सोच्छन् । उसलाई बच्चा जन्माउनु भनेको त्यति अप्ठेरो होइन् । र, उनीहरु यसलाई पुरुषत्वको प्रश्न ठान्दैनन् ।
प्रोफेसरले अब जेंडरलाई लिएर समाजले आफ्नो धारण बदल्ने समय आएको पनि बताएका छन् ।