आज साँझ ४ः१५ मा भारतीय प्रधानमन्त्री मोदीको देशवासीका नाममा सम्बोधन

आज साँझ ४ः१५ मा भारतीय प्रधानमन्त्री मोदीको देशवासीका नाममा सम्बोधन

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २३, २०७६

काठमाडौं, एजेन्सी । भारतीय प्रधानमंत्री नरेंद्र मोदीले आज साँझ ४ः१५ बजे रेडियोमा राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । सूत्रका अनुसार, धारा ३७० को खारेजीसँगै दुईवटा केन्द्र शासित प्रदेश बनाउने सरकारको निर्णयका बारेमा उनले विस्तारमा चर्चा गर्नेछन् । 

यसै हप्ता गृह मंत्री अमित शाहले राज्यसभामा धारा ३७० खारेज गर्ने तथा राज्य पुनर्गठन विधेयक पेश गरेका थिए । जसलाई ५ अगस्टमा राज्यसभा तथा ६ अगस्टमा लोकसभाले पारित गरेको थियो । राष्ट्रपति रामनाथ कोविंदले यसमा लालमोहर लगाएपछि राज्य विभाजनको प्रक्रिया प्रारम्भ भएको छ । 

भारतले अतंरिक्षसम्म प्रहार गर्न सक्ने ए–सैट मिसाइलको सफल परीक्षण पछि मोदीले पछिल्लो पटक २७ मार्चमा राष्ट्रका नाममा सम्बोधन गरेका थिए । 

१५ अगस्टमा राष्ट्रीय ध्वजा फहराए पछि लालकिलको प्राचीरबाट पनि उनले देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

पुनश्चः स्मरण गराउँ लोकसम्वादले यसअघि प्रधानमन्त्री मोदीले ७ अगस्टमा सम्बोधन गर्नसक्ने समाचार प्रकाशित गरेको थियो । पूर्व भारतीय विदेश मन्त्री तथा भाजपा नेता सुष्मा स्वराजको निधनले मोदीको देशवासीका नाममा हुने सम्बोधन आजका लागि सरेको हो ।