लोकसंवाद संवाददाता | समाचार | साउन २३, २०७६
काठमाडौं, एजेन्सी । भारतका १३ औं राष्ट्रपति प्रणब मुखर्जीलाई आज भारत रत्नबाट सम्मान गरिंदैछ । राष्ट्रपति रामनाथ कोविंदले उनलाई सर्वोच्च नागरिक पुरस्कार भारत रत्नबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । प्रणब मुखर्जीका अलावा यो पुरस्कार मरणोपरांत सामाजिक कार्यकर्ता नानाजी देशमुख तथा प्रख्यात गायक भूपेन हजारिकालाई पनि प्रदान गरिने कार्यक्रम रहेको छ । सम्मानित हुने तीन जनाको नाम जनवरी २०१९ मा छनौट गरिएको थियो ।
पांच दशक लामो राजनीतिक जीवन
प्रणव मुखर्जीको राजनीतिक जीवन लगभग पांच दशक लामो रहेको छ । उनी भारतीय कांग्रेस आई सँग सम्बन्धित रहेका थिए । यस दौरान उनी इंदिरा गांधी, राजीव गांधी, पी. भि. नरसिम्हा राव तथा मनमोहन सिंहको नेतृत्व बनेको सरकारको विभिन्न मुख्य पदमा रहेर काम गरेका थिए । उनी २०१२ देखि २०१७ सम्म पाँच वर्ष राष्ट्रपति पदमा रहेका थिए । यस भन्दा अघि २००९ देखि २०१२ सम्म उनले केंद्रीय वित्त मंत्रीको रुपमा काम गरेका थिए ।
प्रणब मुखर्जीको जन्म पश्चिम बंगालमा भएको थियो । उनले कलकत्ता विश्वविद्यालयबाट इतिहास तथा राजनीतिक विज्ञानमा एमए का साथै कानूनको डिग्री पनि हासिल गरेका थिए । उनले वकील, पत्रकार तथा प्रोफेसरका रुपमा पनि काम गरेका थिए । उनलाई मानार्थ डी.लिट उपाधि पनि प्राप्त छ । उनले यस सम्मानका लागि देशप्रति आभार पनि प्रकट गरेका छन् ।
प्रणव मुखर्जी भन्दा पहिले यो सम्मानबाट देशका चार पूर्व राष्ट्रपति सम्मानित भएका छन् । जसमा राष्ट्रपति डा. एस. राधाकृष्णन, राजेंद्र प्रसाद, जाकिर हुसैन तथा वी.वी. गिरि रहेका छन् ।
अहिलेसम्म यो सम्मानबाट ४५ जना व्यक्तित्व सम्मानित भैसकेका छन् ।