एंतिकेथेरामा बसोबास गर्नेलाई अफरै अफर

एंतिकेथेरामा बसोबास गर्नेलाई अफरै अफर

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २४, २०७६

काठमाडौं, एजेन्सी । ग्रीसको आइल्याण्ड एंतिकेथेरामा बसोबासका लागि आकर्षित गर्न सरकारले घर, जमीनको साथै तीन वर्षसम्म प्रत्येक महिना ५६५ डलर समेत दिने घोषणा गरेको छ । क्रेट आइल्याण्डस्थित एंतिकेथेरा निर्मल, कंचन पानी तथा चट्टानका लागि चर्चित छ । 

यो आइल्याण्ड २० वर्ग किलोमिटरमा फैलिएको छ । जहाँ केवल २४ जना मात्र बसोबास गर्छन् । सरकारलाई यहाँ बसोबास गरिरहेका यीनै २४ जना पनि उक्त स्थान छोडर हिंड्लान भन्ने डर छ । त्यसकारण यहाँको स्थानीय सरकार तथा अर्थोडक्स चर्चले यो योजना अघि सारेको हो । 

आइल्याण्डमा बस्ने अवसर केही मानिसले मन पराएका छन् । अहिलेसम्म चार परिवारले यसका लागि आवेदन पनि दिइसकेको छन् । त्यसपछि अहिले यहाँ लामो समयसम्म बन्द भएका स्कुल पनि खुलेका छन् । स्कुल खुलेपछि यहाँ बसोबास गर्ने मानिसले राहत महशुस गरेका छन् । 

यो योजना पछि यहाँ मानिसहरु बसोबासका लागि आउने आशा गरेका छन् । तर, आइल्याण्डको पोतामोस गाउँ भने अहिले शुन्य छ । यसकारण यहाँ बेकिंग, फार्मिंग, फिशिंग तथा कंस्ट्रक्शनसँग सम्बन्धित मानिसहरुलाई बोलाइएको छ । 

स्थानीय काउंसिलका अध्यक्ष आंद्रेस चेरचेरकिसका अनुसार बेकिंग, कंस्ट्रक्शन तथा फिशिंग यस्तो पेशा हो जसमा राम्रो कमाई हुने सम्भावना हुन्छ । तर, यहाँ बसोबासका लागि स्थानीय सरकारका केही सजिला शर्त भने पालना गर्नु पर्नेछ ।