लोकसंवाद संवाददाता | समाचार | साउन २६, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई उत्तर कोरियाका राष्ट्रपति किम जोंग–उनका तर्फबाट एउटा सुन्दर र सकारात्मक पत्र प्राप्त भएको बताएका छन् । उनका अनुसार किमसँग उनको सम्बन्ध निकै राम्रो रहेको छ । हालै उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरिसकेको छ । दक्षिण कोरियाई न्यूज एजेंसी योनहापका अनुसारमिसाइल जापानको समुद्रमा खसेको थियो ।
पछिल्लो दुई हप्तामा उत्तर कोरियाले चारवटा सफल मिसाइल परीक्षण गरिसकेको छ । यसबारेमा किमले भने उत्तर कोरियाको परीक्षण एक किसिमले भन्दा अमेरिका तथा दक्षिण कोरियाका लागि चेतावनी पनि हो । दक्षिण कोरिया तथा अमेरिकाबचिको संयुक्त सैन्यअभ्यास उत्तर कोरियासँग भएको समझौताको उल्लंघन भएको पनि उनले बताए ।
किमको पत्रका बारे प्रतिक्रिया दिंदै ट्रम्पले भने, ‘मलाई लाग्छ किम र मेरो अर्को एउटा भेट हुनसक्छ । उनले मलाई तीन पानाको शानदार पत्र लेखेका छन् । पत्र सकारात्मक छ शायद यो पत्रको नतीजाका बारेमा तपाईँलाई चाँडै नै थाहा हुन्छ ।’
उत्तर कोरियाको मिसाइल परीक्षण सम्बन्धमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘किम यी परीक्षणबाट खुशी छैनन् र उनले पत्रमा यो सानो परीक्षण भएको पनि लेखेका छन् ।’