अब सेल्फी भिडियोले बताउनेछ तपाईँको ब्लड प्रेसर

अब सेल्फी भिडियोले बताउनेछ तपाईँको ब्लड प्रेसर

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २६, २०७६

चीन तथा क्यनडामा १३२८ जनामा गरिएको परीक्षणबाट अब सेल्फी भिडियोले मानिसको ब्लड प्रेसर नाप्ने भएको छ । यसबाट सटीक परिणाम प्राप्त भएको पनि जनाइएको छ । यसका लागि अनुहारको मुनिपट्टि छालामा हेमोग्लोबिनबाट परावर्तन भएको प्रकाश कैद गर्न स्मार्टफोनमा अप्टिकल सेंसरको प्रयोग गरिएको छ । 

काठमाडौं, एजेन्सी । अब तपाईँलाई आफ्नो ब्लड प्रेसर हेर्न डाक्टरकोमा गइरहनु नपर्ने भएको छ । क्यानडाको टोरंटो विश्वविद्यालयका शोधकर्ताले मोबाइलमा ब्लड प्रेसर थाहा पाउने क्यामराको विकास गरेकाछन् । जसद्वारा सेल्फी भिडियोको मद्दतले ब्लड प्रेसर थाहा पाउन सकिन्छ । शोधकर्ताका अनुसार चीन तथा क्यानडाका १३२८ जनामा गरिएको परीक्षणमा ९५–९७ प्रतिशतसम्म सटीक जानकारीका साथै तीन प्रकारको ब्लड प्रेसर मापन गर्ने सफलता प्राप्त भएको थियो । 

टोरंटो विश्वविद्यालयका शोधकर्ता पल झेंगले ट्रांसडर्मल अप्टिकल इमेजिंग प्रविधिको विकास गरेका छन् । यो प्रविधिले मुहारको छालाको रंगले ब्लड प्रेसर पत्ता लगाउन सकिने छ । शोधकर्ताले यसलाई अर्थ्याउनका लागि दुई मिनेटको सेल्फी भिडियोको प्रयोग गरेका छन् । 

भिडियोमा मोबाइलको क्यामरामा भएको अप्टिकल सेंसरले मुहारमा पर्ने रातो किरणलाई कैद गर्छ जुन छालामा हुने हेमोग्लोबिनका कारण परावर्तित हुन्छ । ट्रांसडर्मल अप्टिकल इमेजिंग प्रविधिले यही परावर्तित किरणको मद्दतले शरीरमा रहेको रगतको चाप अर्थात ब्लड प्रेसरको जानकारी दिन्छ । यो प्रविधिले ९६ प्रतिशतसम्म सही परिणाम दिने शोधकर्ताको दावी छ । 

शोधकर्ताका अनुसार ट्रांसडर्मल अप्टिकल इमेजिंग प्रविधिले संसारमा वृद्धि भैरहेको हाइपरटेंशन (हाई बीपी) का बारेमा जानकारी दिएर यो मामिलामा केही कमी ल्याउन मद्दत गर्छ । यो विशेष गरि स्वास्थ्य सेवाको समस्या भएका ठाउँमा प्रभावकारी हुनसक्छ । यदि फोन वा कम्प्युटरसँगै भएको खण्डमा जानकारी पश्चात डाक्टरसँग सल्लाह गरेर सचेत रहन वा उपचारका लागि जान पनि सकिन्छ ।