लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७६
काठमाडौं, एजेन्सी । अस्ट्रियाका एथलीट जोसेफ कोएबर्लले १० अगस्टका दिन दुई घंटा, आठ मिनेट र ४७ सेकेंडसम्म आइस क्युबको बाकसमा बसेर वर्ल्ड रेकर्ड बनाएका छन् । यस दौरान उनले केवल स्विम सुटमात्र लगाएका थिए । जोसेफ भन्दा पहिले २०१४ मा चाइनीज एथलीट जिन सोंगहाओको नाममा यो रेकर्ड रहेको थियो । उनले ५३ मिनेट र १० सेकेण्ड बरफमा बसेर यो रेकर्ड बनाएका थिए ।
जोसेफले भने रेकर्डका लागि भिएनाको मेन स्टेशनमा आइस क्युबले भरिएको पारदर्शी बाकसमा बसेका थिए । उनको काँधसम्म आइस क्युब राखिएको थियो ।
यो दुई घण्टाको दौरान डक्टरको एक टीमले उनको शरीरको तापक्रम(बडी टेंप्रेचर) जाँच गरेका थिए । तथा रेकर्ड पुरा भएपछि पनि उनको पुरा शरीरको जाँच गरिएको थियो ।
रेकर्ड बनाई सकेपछि उनले भने, ‘म अझ धेरै समय हिउँमा बस्न सक्थें तर त्यो जरुरी थिएन । त्यसकारण म बाहिर निस्केको हुँ । अब म यो रेकर्ड तोडिने समय कुरिबस्छु ।
यसभन्दा अघि एउटा टिभि शो मा उनले एउटा च्यालेन्ज स्वीकार गर्दै एक घंटा बरफमा बसेक थिए । त्यसपछि उनले वल्र्ड रेकर्डका लागि तयारी गरेका हुन् ।