लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७६
काठमाडौं, एजेन्सी । हिमाल, पहाड, नदी, झरना तथा समुद्रले सबैको मन लोभ्याउँछ नै । यी प्राकृतिक उपहारका बारे हामीलाई त्यति जानकारी नहुन सक्छ । आउनुस संसारका सबैभन्दा ठूला १० पर्वत श्रृखंलाका बारे तस्वीर सहित जानकारी लिउँ ।
संसारका १० सबैभन्दा ठूला पर्वतमालाको लंबाई ३१,७०० किमि छ, जो पृथ्वीको परिधि भन्दा करीब १८,००० किमिी कम हो । पृथ्वीको परिधि ४०,०७५ किमि छ ।
पहिलो स्थानमा रहेको संसारको सबैभन्दा ठूलो पर्वतमालाको लम्बाई ७,००० किमि छ । यस पर्वतमालाले सात देशको सीमालाई आपसमा जोडेको छ ।
तस्वीर सहित संसारका १० ठूला पर्वतमाला
१) एंडीज पर्वतमाला – संसारको सबैभन्दा ठूलो यस पर्वतमालाले सात देशलाई जोड्ने काम गर्छ । जसमा अर्जेंटीना, चिली, बोलिभिया, पेरू, इक्वेडर, कोलंबिया तथा भेनेजुएला रहेका छन् । यसको कुल लम्बाई ७,००० किमि छ ।
२) रकी पर्वतमाला – दोस्रो स्थानमा रहेको यो पर्वतमालाको कुल लंबाई ४,८०० किमि रहेको छ । यसले क्यानडा तथा अमेरिकालाई जोड्ने काम गर्छ ।
३) ग्रेट डिभाइडिंग रेंज – तेस्रो स्थानमा रहेको यस पर्वतमालाको कुल लंबाई ३,५०० किमि रहेको छ । यो केवल अस्ट्रेलियमा मात्र स्थित छ ।
४) ट्रांस अंटार्कटिक रेंज – अंटार्कटिकाको दक्षिणी ध्रुवमा रहेको यो पर्वतमालाको लंबाई ३,५०० किमि छ ।
५) कुनलुन पर्वतमाला – पाँचौ स्थानमा रहेको कुनलुन पर्वतमालाको लंबाई ३,००० किमि छ । यो पर्वतमाला चीनमा अवस्थित छ ।
६) युराल पर्वतमाला – छैठौं स्थानमा रहेको युराल पर्वतमालाको लंबाई २,५०० किमि रहेको छ । यो पर्वतमालाले रूस तथा कजाकस्तानलाई जोड्ने काम गर्छ ।
७) एटलस पर्वतमाला – तीन देशलाई जोड़ने यो एटलस पर्वतमालाको लंबाई पनि २,५०० किमि नै रहेको छ । यसले अल्जेरिया, मोरक्को तथा ट्युनेशियालाई जोड्ने काम गर्छ ।
८) हिमालय पर्वतमाला – छिमेकी देश भारतमा रहेको यो पर्वतमालाको लंबाई २,४०० किमि रहेको छ । हिमालय पर्वतमालाले भारत, पाकिस्तान, चीन, नेपाल तथा भुटानलाई जोड्ने काम गर्छ ।
९) तियेन शान पर्वतमाला – तियेन शान पर्वतमालाको लंबाई १,३०० किमि रहेको छ । यसले कजाकस्तान, किर्गिस्तान तथा उज्बेकिस्तानलाई जोड्ने काम गर्छ ।
१०) आल्प्स पर्वतमाला – यस पर्वतमालाले आठ देशलाई जोड्ने काम गर्छ । जसमा फ्रांस, स्विट्जरलैंड, मोनाको, इटली, लिष्टेश्टाइन, अस्ट्रिया, जर्मनी तथा स्लोभेनिया रहेको छ । यसको लंबाई १,२०० किमि रहेको छ ।