लोकसंवाद संवाददाता | समाचार | साउन २८, २०७६
काठमाडौं, एजेन्सी । चीनको एक अस्पतालमा डाक्टरले बिरामीको आन्द्राबाट टुथब्रश निकालेका छन् जो उनले २० वर्ष पहिले आत्महत्या गर्नका लागि निलेका थिए । गुआंगडोंग प्रांतको शेनजेन शहरको एक अस्पताल पछिल्लो समय यो घटना सामुन्ने आएको हो । डाक्टरका अनुसार पेटबाट सिक्का, लाइटर, कैंची त यसअघि पनि निकालिएको हो तर, टुथब्रशको घटना भने नौलो हो किनकि बिरामीले आत्महत्या गर्नका लागि यो टुथब्रश जानाजान निलेका हुन् ।
५१ वर्षीय बिरामी ली लाइ जुन महिनाको अन्तमा पेट एकदमै धेरै दुखेपछि अस्पताल भर्ना गरिएको थियो । सिटी स्क्यान गर्दा उनको सानो आन्द्रामा एक अनौठो चिज देखियो पछि थाहा भयो त्यो टुथब्रश रहेछ ।
डाक्टरले घटनाका बारेमा ली सँग सोध्दा यो २० वर्ष पुरानो ब्रश भएको उनले बताए । जुन ब्रश निलेर उनले आत्महत्या गर्न खोजेका थिए । त्यसबखत उनी एचआईभिको शिकार भएका थिए । र। उनले तनावमा आएर उक्त टुथब्रश निलेका थिए । आत्महत्याका अरु थुप्रै प्रयास विफल भएपछि उने ब्रश निलेका थिए । तर, यति लामो समयसम्म पनि ब्रश बिना दर्द बिना नोक्सानी उनको सानो आन्द्रामा बसेको थियो ।
सन् २०१४ मा ली को पेट अलिअलि दुखेको थियो र उनले सामान्य औषधि लिए तर दुखाई झनै बढेपछि भने स्क्यान गराएका हुन् ।
जब टुथब्रश निले पछि पनि ज्यान गएन त्यसपछि ली ले एचआईभिको उपचार गराए । र, जेलबाट रिहा भएपछि बिहे गरेर घरजम बसाए । त्यसपछि उनले बिर्सिए कि उनले कुनै समय ब्रश निलेका थिए । तर, यो दुखाइले पनि यति धेरै वर्ष पछि मेरो विगत सम्झाएको छ, उनले भने ।
ली का डाक्टर लियू ले बताया, यो टुथब्रश ली को पेटमा धेरै वर्ष रहेको हुनुपर्छ अनि बिस्तारै यो सानो आन्द्रामा गएको हुनुपर्छ । यदि सही समयमा उनको अपरेशन नभएको भए यो उनको कलेजोसम्म पुग्न सक्थ्यो र उनको ज्यान पनि जान सक्थ्यो ।