२ कराेड लगानीमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

२ कराेड लगानीमा  ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ३२, २०७६

काठमाडौँ  । चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । 

काठमाडौँ महानगरपालिकाको  एक करोड तथा चन्द्रागिरि नगरपालिकाको  एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । 'काठमाडौँ महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि  एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ', उहाँले भन्नुभयो । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।  

चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केवुल कार, कालु पाण्डे समाधी स्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उहाँको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताउनुभयो ।