दर्शनको सुरुवात यही भूमिबाट भएको हो : नेता खनाल

दर्शनको सुरुवात यही भूमिबाट भएको हो : नेता खनाल

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०२, २०७६

काठमाडौं : एसियामा सुरु भएका विभिन्न दर्शनसँग माक्र्सवादको समानता एवं असमानताका बारेमा पहिलो पटक छलफलको थालनी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलको संयुक्त आयोजनामा २०७६;भदौ २ देखि सुरु भएको 'माक्र्सवाद र एसियाली दर्शन' विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा यससम्बन्धी बहस सुरु भएको हो । 
     
सम्मेलनको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एसियाली चिन्तनको मध्यभागमा नेपाल रहेकाले धेरै दर्शनको सुरवात यही भूमिबाट भएको बताउनुभयो । 'माक्र्सले एशियाली दर्शनको अध्ययन गर्ने अवसर पाउनुभएन, बाँकी दर्शनको अध्ययन गरेपछि तयार पारेको माक्र्सवादी दर्शन सत्यको नजिक छ, माक्र्सवाद प्राचीन दर्शनसङ्गत छ', उहाँले भन्नुभयो ।
नेपालमै विकास भएको चर्चा गरिने किचकवध, चारकोसे झाडीकोबीचको विराट राजाको दरबार जस्ता स्थलको अझै उत्खनन् हुन नसकेको बताउनुहुँदै नेता खनालले जनकपुर र लुम्बिनीबाट पनि दर्शनको विकास भएकाले यसको महत्त्व अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्नुपर्ने विचार राख्नुभयो । 
शिक्षा तथा जिज्ञान प्रविधिमन्त्री योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि विधेयक मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पुगेको, योग ध्यानलाई पाठ्यक्रममा समावेश गरिएको जानकारी पनि सो अवसरमा दिनुभयो । 
पूर्वउपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीले माक्र्सवादी दर्शनको प्रयोग समाज परिवर्तनमा भए पनि अन्य क्षेत्रमा हुन नसकेको बताउनुभयो । 
     
 गत निर्वाचनपछि भीमकाय बनेको नेकपाले ठीकसँग दिशा लिन नसके समाजले केही नपाउने खतरा आफूले देख्न थालेको नेता मैनालीले बताउनुभयो । 
     
 संस्कृत विश्वविद्यालयमा २५ हजार वर्षअघिको अनुसन्धान गर्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाले भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट पाठ्यक्रम ल्याएर फोटोकपी गरी पढाउने परम्परालाई अन्त्य गर्न आफैँ खोज सुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।