लोकसंवाद संवाददाता | अपराध | भदौ ०६, २०७६
चितवन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेलाई भेट्नुभएको छ । जिल्ला भ्रमणका क्रममा चितवन पुगेका खनालले शुक्रबार लामिछानेसँग भेट गर्नुभएको हो ।
भेटमा महानिरीक्षक खनालले शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानमा आवश्यक सहयोग गर्न लामिछानेलाई आग्रह गर्नुभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा प्रहरीले न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासँगका प्रस्तोता लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।