लोकसंवाद संवाददाता | कारोबार | भदौ ०९, २०७६
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ ।
नेप्से घटे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर ३८ करोड पाँच लाख ९६ हजार ५७१ रुपैयाँमा कारोबार भयो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बीमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बीमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।
सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको १० करोड २१ लाख ६१ हजार ७८४ रुपैयाँ बराबरको कारोवार भयो । यस्तै, नविल बैंक एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक एक करोड ६७ लाख ११ हजार ६५४, एनआईसी एसिया बैंक एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी ८५ लाख ४६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज साल्ट ट्रेडिङ कम्पनीका शेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन् । यस्तै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७ र सबैको लघुवित्त वित्तीय संस्थाले ३.७५ प्रतिशतले कमाए । एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआईबीएल प्रगति फण्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४.१० प्रतिशतले गुमाए ।