अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकु समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकु मारिएकाे स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ ।
तालिबानको सारा केटा अर्थात् रेड युनिटकाे समूहले मङ्गलबार राती मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जाेडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए । सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकु मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ ।
सुरक्षा अधिकारी र तालिबान लडाकुबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ । मारिएका तालिबान लडाकुको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताउनुभएको छ । पहाडी प्रान्तहरूलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकु समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् । यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकु समूहले हालसम्म कुनै टिप्पणी गरेकाे छैन ।