अमेरिकी नेतृत्वको सेनाको आक्रमणमा परी सिरियामा कम्तीमा ५० विद्रोही मारिएका छन् । विद्रोही कमाण्डरहरूको बैठक भइरहेको ठाउँलाई लक्षित गरेर आक्रमण भएकाले मृत्यु भएकाहरू पनि अधिकांश कमाण्डर नै रहेका छन् ।
देशको उत्तरपश्चिमी प्रान्त इड्लिबमा घटना भएको युद्ध अनुगमनकर्ताहरूले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार हुर्रास अल डिन र अन्सार अल तव्हिड समूहको बैठक भएको थियो । यी दुवै समूह अलकायदासँग आबद्ध रहेका समूह हुन् ।
सिरियाली सेनाले गत शुक्रबार युद्धबिराम घोषणा गरिसकेको अवस्थामा शनिबार अमेरिकी हवाई आक्रमण भएको हो ।