नामसेओल : दिलदार सुनुवार र चर्चित सैँपुकाे सौन्दर्य

नामसेओल : दिलदार सुनुवार र चर्चित सैँपुकाे सौन्दर्य

बसन्त कुमार उपाध्याय  |  दृष्टिकोण  |  भदौ १६, २०७६

स्टिलको कप दुई हातले मतिर अघि बढाउँदै विन्दा सुनुवारले दुवै हात जोडेर मुस्कुराउँदै ‘नामसेओल !’ भनिरहँदा म एकछिन अलमलमा परेँ ।

तर, त्यो अतिथिका लागि स्वागत थियो भन्ने कुरा उनको अनुहारको भावले सहजै बुझ्न 
सकिन्थ्यो ।

सुनुवार भनेपछि सानो छँदा रेडियो नेपालबाट सुनेको सुन्दर आवाज सम्झिएँ । मैले हत्तपत्त सोधेँ– ‘रेडियोमा बोल्ने पाण्डव सुनुवार यतैका थिए कि ?’

मेरो प्रश्न सकिन नपाउँदै जवाफमा प्रकाश सुनुवारले थपे– ‘होइन, उहाँचाहिँ पारि ओखलढुङ्गाको हो ।’ प्रकाश सुनवार स्थानीय एक विद्यालयका शिक्षक हुन् । गिटार र गीत– संगीतमा उनको चासो १६ वर्षको लक्का जवानीमा जस्तो थियो, आज पनि उस्तै छ । अंग्रेजी र नेपाली पप आधुनिक गीतको जानकारी पनि खुबै छ उनलाई ।

वारि सैँपु, रामेछाप र पारि ओखलढुङ्गाको साँधबीचमा लिखु खोला पर्छ । लिखु कोसीको एक प्रमुख सहायक नदी पनि हो । भूकम्पपछिको पुनर्निर्माणसँगै दक्ष कर्मीको भाउभन्दा लिखुका असला माछाको भाउ दिनदिनै बढ्दो दरमा हुन्थ्यो । एकै दिनमा पासो थापेर तीन हजार रूपैयाँसम्म काउँथे केही मछुवाराहरू ।

‘फोन इन’ कार्यक्रम प्रस्तोता पाण्डव सुनुवारको सम्झना आयो । पाण्डव सुनुवारको विशेषता के थियो भने यदि हामीमध्ये जोकोहीले जुनकुनै जिल्लाबाट फोन ग¥यौँ भने आसपासको ठाउँ र त्यहाँको पहिचानसहित बताउँथे उनले । मलाई बडो गज्जब लाग्थ्यो त्यो उनको कला वा अन्दाज । 

आजकल त देशका अधिकांश गाउँ र शहरको विषयमा म पनि जानकार भएँ कि झैँ पनि लाग्छ । सायद यो मेरो भ्रम हुन्थ्यो– पाण्डव सुनुवार जीवित भएका भए । करियरका १५ वर्षमा विभिन्न अवसर र वहानामा करिव ७३ जिल्लाका विभिन्न गाउँ पुगेपछि त यतिको लाग्नु पनि मुनासिवझैँ पो लाग्छ है ! तर, आजकल नयाँ गाउँपालिकाका नामले भने बडो ‘कन्फ्युज्ड’ हुन्छु । खैर, पाण्डव सुनुवार अहिले हुँदा हुन् त म पक्कै फोन गर्थें, त्यो कार्यक्रममा । उनको त आवाज नै काफी थियो ।

भूकम्पपछिको पुनर्निर्माणको कामका लागि एक गैरसरकारी संस्थाको कर्मचारीका रूपमा पहिलो पटक पुगेको त्यो ठाउँ सैँपुमा सुनुवार जातिको बाहुल्य छ । 

सशस्त्र द्वन्द्वका दौरान बारुदी सुरुङमा परेपछि शारीरिक रूपमा हिँडडुल गर्न गाह्रो पर्छ उनलाई । तर, उनको विशेषता के भने, केही कुरा भन्नु छ भने बडो भूमिका बाँधेर मनमा छुने गरी भन्छन् । सैँपुको मथिल्लो बेल्टलाई नेपालको चेरापुञ्जी भन्छन् । सारंगी बजाउन माहिर छन् गंगा सर अनि कविता पनि लेखिरहने । यदि कसैलाई उक्साउनु छ र कसैलाई पगाल्नु छ भने एक पटक गंगा सरलाई भेट्नै पर्छ । 

हो, त्यही सुनुवार जातिले अभिवादन गर्ने सुनुवार भाषाको शब्द ‘नामसेओल’ भन्नु नमस्कार भनेजस्तै पो रहेछ ! अझै रोचक त के छ भने चाडपर्व वा कुनै निमन्त्रणामा उपस्थित हुँदा केही खानेकुरा दिएपछि दुवै हात जोडर ‘नामसेओल’सहितको आतिथ्यले साँच्चिकै अतिथि देवो भवः लाई व्यवहारमा लागू गर्छन् सुनुवार समुदाय भन्ने प्रमाणित नै हुन्छ ।

रामेछापको सदरमुकाम मन्थली बजारबाट करिव चार घण्टाको कच्ची मोटरबाटोको यात्रापछि पुगिन्छ– सैँपु । कम्युनिस्ट नेता चतुरमान सुनुवारको रैथाने गाउँ पो रहेछ सैँपु ! त्यति मात्रै नभएर राजनीतिक संक्रमणमा गुज्रिरहेको बेला २०७० सालतिर सर्वोच्च अदालतका प्रधानन्यायधीस खिलराज रेग्मीको अध्यक्षतामा बनेको सरकारका शिक्षामन्त्री माधव पौडेलको जन्मथलो पनि हो सैँपु । मलाई थाहा छैन, अहिले कति कम्युनिस्ट नेताहरूलाई चतुरमान सुनुवारको सम्झना आउँछ वा आउँदैन पनि तर चतुरमान सुनुवारले पुष्पलालसँगको आफ्नोे संगत र साम्यवादी व्यवस्था अनि समाजवादका बारेमा सुनाएका कुराहरू मैले घण्टौँसम्म सुनेको छु– उनकै घर सैँपुमा बसेर । देशको उत्पादन र वितरण प्रणालीमा उनी विलकुल सन्तुष्ट छैनन् । अर्थात् वयोवृद्ध कम्युनिस्ट नेता चतुरमान सुनुवार ।

सुनुवार गाउँमा मात्रै नभएर सैँपुमा ईन्द्रसेन सुनुवारको पनि सामाजिक कार्यमा उल्लेख्य भूमिका रहन्छ । पञ्चायतकालदेखि नै सबैले मान्ने व्यक्तित्वमध्येका एक हुन् उनी पनि ।  उनै ईन्द्रसेनले हेल्थपोष्ट बनाउन जमिन दिएका थिए ।

वेँसीको सिरिसे बजार त्यहाँको एक प्रमुख व्यापारिक केन्द्र हो । ओखलढुङ्गाको विकट भाग लेती, रगनी हुँदै सोलु जाने बाटो हो सिरिसे बजार । हाइकु लेख्ने टंकराम सुनुवार 
(टी.आर. सिरिसेली) यहीँका बासिन्दा पो रहेछन् ! सस्टेनवल डेभलपमेन्टमा पीएचडी गरेका दिनेश पौडेल पनि सैँपु निवासी हुन् ।

स्विट्जरल्याण्डका ई. ड्यानिअल पिटेटको नेतृत्वमा हामी सन् २०१६ को ११ डिसेम्बरका दिन सैँपुमा दुईवटा माध्यमिक विद्यालय र एक बर्थिङ सेन्टर अनि हेल्थपोष्ट निर्माणका लागि पुगेका थियौँ । हाल ती भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् ।

सैँपु अहिले लिखु तामाकोसी गाउँपालिकाको वडा नं.–२ मा पर्छ । त्यही वडाका वडा अध्यक्ष पदमबहादुर तामाङले केही दिनअघि फेसबुकको म्यासेन्जरमा अभिवादनसहित कुरा गर्नुभएपछि मैले आफ्नो सैँपु डायरीका पुराना पानाहरू पल्टाउन थालेँ । स्मृतिमा सैँपुले रोमाञ्चकता थप्यो ।

सैँपु बसाइ साँच्चिकै मनोवैज्ञानिक रूपमा दबाबमूलक र प्राकृतिक रूपमा अनुपम बसाइ थियो । लिखु खोलाको तट गर्मी हुने तल्लो बेल्टदेखि मैदाने र कान्ले हिउँ पर्ने भाग एउटै सैँपु भूखण्ड थियो अर्थात् साविकको सैँपु गाविस । सुनुवार गाउँको बीचमा रहेको बाँसले बनेको हाम्रो बेस क्याम्पबाट पारि ओखलढुङ्गाको पोकली झरनाको मनोरम दृश्य देखिन्थ्यो । त्यो क्षेत्रका एक विवादित व्यक्ति बालकृष्ण ढुङ्गेलको चर्चा बेलाबेलामा नेपालको राजनीतिमा भई नै रहन्छ । छेवैको अर्को गाउँका कथित डन भनिने रमेश बाहुन पनि यही आसपासका क्षेत्रमा बसेर आफ्ना गतिविधि संचालन गर्ने गरेको रहस्य पनि थाहा पाएँ । हाल उनी कारागारमा छन् क्यारे !

गाउँको तल्लो क्षेत्र पहरेमा बाँदर, ढेडु र गुणाले अन्नबाली खाएर सताउँथे भने उपल्लो बेल्टमा भालुको सन्त्रास रहन्थ्यो । केही वर्ष पहिले थापा थरका एक जनाले भालुको आक्रमणमा परी ज्यान गुमाएका थिए रे ! 

मौसमका हिसाबले अक्सर पानी परिरहने चिसो सैँपु राजनीतिक रूपमा निकै तातिने ठाउँ हो । जब सुनुवार महिलाहरू परम्परागत पहिरनमा देखिन्छन् अनि तामाङ्नीहरू आफ्नै वेशभूषामा निस्कन्छन्, प्राकृतिक मनोरमतामा थप रोमाञ्चक देखिन्छन सैँपुका भिर पाखा पनि । 

धोवीलाई बिर्सिएर सैँपु अधुरो हुन्छ । धोवी सैँपु जाने बाटोमा पर्ने सानो बजार क्षेत्र हो । हप्ताको एक दिन हाट बजार लाग्छ, घरेलु उत्पादनलाई त्यहाँ लगेर खरिद बिक्री गरिन्छ । बुढापाकाले त ‘यहाँ मन पनि खरिद बिक्री हुन्छ है !’ भनेर गज्जबको ठट्टा पनि गरेको सुनिनथ्यो !!

हाट बजारको मौका पारेर आसपासका चार–पाँच गाउँका मानिसहरू भेला हुन्छन् । एउटा व्यापारिक केन्द्र बनिसकेको छ, धोबी बजार । गाउँपालिकाको कार्यालय, बैंक, आईएमई र अन्य पसलहरूले त्यहाँको रौनकता बेग्लै छ । कुनै बेला कपडा धुने धोबीरू पनि बसेका थिए रे यहाँ ! 

उसो त आजकाल धोबीको हाट बजार युवायुवतीको गज्जबको डेटिङ स्पट पनि भएको छ रे !

‘कहाँ भेट्ने ?’ भन्दा ‘धोबी बजार, हाट जाऊँ न !’ 

धोबी बजारबाट उत्तरपूर्व सैँपु लाग्ने बाटो झनै खराब छ । धोबीबाट दिलौरीको टाकुरामा नपुग्दासम्म यात्रा जोखिमपूर्ण छ । म कैयौँ  पटक त्यो बाटो एक्लै पैदल यात्रा गरेको बिर्सन सक्दिनँ । त्यो क्षेत्र बाघको वाससथान पनि हो ।

दिलौरीमा पनि सानोतिनो बजार भइसकेको छ । दिलौरी साँच्चिकै बाह्रै महिना दिलदार रहन्छ । कतिबेला सिमसिम पानी पर्छ, कतिबेला बादल र हुस्सुले टमक्कै भरिन्छ । लालीगुँरासको सौन्दर्यका कारण दिलौरीले जो कसैको दिल जित्छ ।

सुनेको त कतिसम्म थिएँ भने, जिल्लाबाट सैँपुमा कुनै पनि सरकारी कार्यालयका कर्मचारी हत्तपत्त जान रुचाउँदैनन् । तर, स्थानीय तहको निर्वाचनसँगै राजनीतिक समीकरणमा अस्वाभाविक फेरबदल हुँदा सैँपु रामेछाप जिल्लाभरी सधैँ ‘लाइमलाइट’मा रहन्छ । 

गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको नामले सञ्चार माध्यममा समाचार आइरहन्छन् बेला बखत । जे होस्, सैँपु चर्चामा नै रहन्छ, बाह्रै महिना । गाई खरिद र भुक्तानीको विषयमा एक पुरुषलाई नाङ्गेझार बनाएको समाचार टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा रवि लामिछानेले जोडतोडले उठाएर चर्चामा चर्चा थपिएको गाउँ पनि हो– सैँपु । त्यो घटना हुँदा म सैँपुमा थिएँ ।

कम्युनिस्टको गढका रूपमा परिचित सैँपुमा नेपाली कांग्रेस निकट उम्मेदवार पदम तामाङले नाटकीय ढगंले वडा अध्यक्षमा विजय हाँसिल गरेका थिए । सैँपु वास्तवमा सुनुवार र पौडेलहरूको वर्चश्व रहेको कम्युनिस्टको गढ भएको ठाउँ हो ।

रोचक त के थियो भने, तत्कालीन माओवादी र नेपाली कांग्रेसको चुनावी समीकरण केन्द्रमा हुनुभन्दा पहिल्यै सैँपुमा माओवादी र कांग्रेसबीच समीकरण भएको सुनिन्थ्यो । केन्द्रको समीकरणले स्थानीय तहमा थप मजबुत भएका थिए कांग्रेस र माओवादीका उम्मेदवार अनि तिनका कार्यकर्ताहरू ।

सैँपुमा बसेर निकै ‘र्‍यडिकल’ कुरा गर्ने पुराना कम्युनिस्ट नेता पुष्पराज पौडेल, जो सधैँ मजदुरका विषयमा आवाज उठाइरहन्छन् । मसालसँग उनको जीवन्त नाता रहँदै आएको 
छ ।

हामीले निर्माण गरेको स्थानीय चण्डेश्वरी विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार पौडेल सैँपुका एक ‘आइकन’ नै हुन् । नम्र व्यवहार र शालीनता गज्जबको व्यक्तित्व । चिया नपिउने बानीको म उहाँसँगको भेटमा स्टिलको ठूलो गिलासभरीको चिया पिउनै पथ्र्याे । समाजमा घटेका घटना, मौसममा आएको फेरबदल, चाडपर्व वा राजनीतिक विषय ध्रुव सरका कवितामा सजिलै पढ्न सकिन्थ्यो । ध्रुव सरका कविता स्वच्छन्दवादका प्रतिनिधिझैँ लाग्छन् मलाई ।

अहिले कति कम्युनिस्ट नेताहरूलाई चतुरमान सुनुवारको सम्झना आउँछ वा आउँदैन पनि तर चतुरमान सुनुवारले पुष्पलालसँगको आफ्नोे संगत र साम्यवादी व्यवस्था अनि समाजवादका बारेमा सुनाएका कुराहरू मैले घण्टौँसम्म सुनेको छु– उनकै घर सैँपुमा बसेर । देशको उत्पादन र वितरण प्रणालीमा उनी विलकुल सन्तुष्ट छैनन् । अर्थात् वयोवृद्ध कम्युनिस्ट नेता चतुरमान सुनुवार ।

 

अर्को विद्यालय श्री शहीद माविका शिक्षक गंगा पौडेल पनि बडो मज्जाका व्यक्तित्व । सशस्त्र द्वन्द्वका दौरान बारुदी सुरुङमा परेपछि शारीरिक रूपमा हिँडडुल गर्न गाह्रो पर्छ उनलाई । तर, उनको विशेषता के भने, केही कुरा भन्नु छ भने बडो भूमिका बाँधेर मनमा छुने गरी भन्छन् । सैँपुको मथिल्लो बेल्टलाई नेपालको चेरापुञ्जी भन्छन् । सारंगी बजाउन माहिर छन् गंगा सर अनि कविता पनि लेखिरहने । यदि कसैलाई उक्साउनु छ र कसैलाई पगाल्नु छ भने एक पटक गंगा सरलाई भेट्नै पर्छ । 

काठमाडौंमा खुबै बिक्री हुने स्कुस लटरम्मै फल्छ सैँपुमा । यातायताको असहजताले काठमाडौं बिक्री गर्न लैजान सहज थिएन । बेस क्याम्पमा निःशुल्क स्कुसको किमा बनाएर भेज मःमः खुबै खाइयो ।

अहिले लिखु खोलामा लिखु वान, लिखु दुई, लिखु तीन र लिखु चार हाइड्रो पावर दर्ता छन्, तीमध्ये केहीको काम धमाधम भइरहेको खबर सुनिन्छ । ससाना माइक्रो हाइड्रो त पहिल्यै थिए । केही सुचारु थिए भने केही जीर्ण भइसकेका थिए । आजकल केन्द्रीय प्रसारण लाइनका लागि तयारी भइरहेको समाचार सुन्दा खुसी पनि लाग्छ ।

राजनीतिको चरमता सैँपुको एक खाले पहिचान पनि हो । कुनै पनि विषयमा कुरा गर्दा हरेक कुराका दुई अर्थ क्षणभरमा लगाउन बेर हुँदैन । धेरथोर क्रिश्चियानिटीको प्रभाव पनि छ त्यहाँ । सुनुवारहरूको वर्चश्व रहेको सैँपुमा चण्डी पर्व धुमधामका साथ मनाइन्छ ।

सैँपु डायरी रोमाञ्चकताले भरिपूर्ण छ, कतिपय कुराहरू वास्तविक भए पनि लेख्न मुस्किल छ, अनुकूलता र प्रतिकूलता मौसमले मात्रै देखाउँदैन, जिन्दगीमा पनि हुन्छ । आलु, कोदो, मकै सैँपुका अन्न बाली हुन् । तल्लो बेल्टमा धान पनि राम्रै फल्छ । 

यो भदौरे झरीमा त्यहाँको उकाली ओराली हिँड्ने बेला आफूलाई पत्तै नहुने गरी जुकाले खुन चुसिसकेका हुन्छन् । प्राकृतिक रूपमा मनोरम सैँपुको नमुना दीप युवा क्लब भलिबलका लागि चर्चित छ ।

कुलो खन्दा होस् वा विद्यालय व्यवस्थापनका विषय हुन्, खानेपानी होस् वा विद्युतको सरोकारको विषय होस् या त कुल पूजा राजनीतिक ध्रुवीकरण तीव्र हुन्छ सैँपुमा । यतिसम्म कि जनश्रमदानका विषयमा पनि गज्जबले राजनीति हुन्छ यहाँ ।

पहिले शक्तिमा रहेकाहरू अहिले आफूलाई अल्पमतमा भएको महसुस गर्छन् भने अहिले शक्तिमा आएकाहरू पुराना थिचोमिचोलाई बिर्सन सकिरहेका छैनन् । जे जस्तो होस्, सैँपुको विकासका लागि त्यहाँको समुदाय विभक्त हुनुहुँदैन भन्ने मेरो मान्यता हो । बाँकी राजनीतिक दाउपेच त जता कतै चली नै रहन्छन् । स्थानीयस्तरमा गैरसरकारी संस्थाहरू त्यहाँ लामो समयसम्म काम गर्न अनिच्छुक देखिन्छन् । स्थानीय तहको निर्वाचन भएको लामो समय भइसक्यो, अबको महोलमा त्यहाँको विकास फेरि सम्भव देख्छु म ।

शिक्षा र स्वास्थ्यको अवस्था दयनीय रहे पनि सुधारोन्मुख बाटोमा अघि बढोस् सैँपुमा । दश जोड दुईसम्मका कक्षा दुईवटा विद्यालयमा संचालनमा छन् । एउटा स्वास्थ्य चौकी छ । भूकम्पपछि एउटा टहराबाट स्वास्थ्य सेवा दिइरहेको भए पनि केही महिनायता बर्थिङ सेन्टरसहितको भौतिक संरचना त बन्यो, अन्य सुविधा दिन सहज छैन सैँपुमा । स्वास्थ्य चौकी सैँपुमा कार्यरत अछाम घर भएका इन्चार्ज नगेन्द्र कुँवर सकेजति सुविधा दिने प्रयासमा खटिरहेका हुन्छन्, आफ्नो स्वास्थ्कर्मी टिमका साथमा । अनुभवी इन्दिरा सिस्टर पनि ।

अन्त्यमा, सैँपुवासीलार्ई काठमाडौंबाट मेरो नामसेओल छ है !