अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकु समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी ११ जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताउनुभएको छ ।
याङ्गी काला जिल्लाको करिम्बावाई इलाकामा रहेको जाँच चौकीमा तालिबान लडाकुले गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरू मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौँ लडाकु मारिनुका साथै घाइते भएका बताइएको छ । तर, मारिएका वा घाइते भएका लडाकुको यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।