प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७६

काठमाडौं : स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले स्वदेश फर्कंदै हुनुहुन्छ । 

मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि सिंगापुर गएका प्रधाननमन्त्री ओलीको स्वास्थ्य  सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मिर्गौलामा देखिएको ‘एन्टिबडी’, ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार फर्कने जानकारी दिए । 

प्रधानमन्त्री ओलीको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो। 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदै हुनुहुन्छ !