लोकसंवाद संवाददाता | विदेश | भदौ २०, २०७६
पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकु समूहले शुक्रवार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।
फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौँ तालिबान लडाकुले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् । फराहका प्रान्तीय गभर्नरका प्रवक्ता फारुक बराकजईले एएफपीलाई उक्त जानकारी दिनुभएको छ । तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले सो प्रान्तमा ‘ठूलो अपरेसन’ भएको बताउनुभएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले भने तालिबानको ठूलो प्रहार भोगिसकेको र छिट्टै हटाइने बताउनुभएको छ । गत वर्षको मेमा तालिबानले फारह शहर कब्जा गर्न ठूलो प्रयास गरेको भए तापनि अन्तमा अफगान र अमेरिकी सेनाको संयुक्त प्रयासमा तालिबान लडाकुको हार भएको थियो ।
तालिबानले हालैका दिनहरूमा वासिंगटनसँग वार्ता गरे पनि अमेरिकी सेनाले विभिन्न सुरक्षा सुनिश्चितताहरूको बदलामा अफगानिस्तानबाट सेना फर्काउने सम्झौता गरेको छ ।