युवा सङ्घ एकता टुंगियोः  केन्द्रीय समिति ३३५ र १११ को सचिवालय  (विज्ञप्तिसहित)

९ सदस्सीय केन्द्रीय कार्यालय

युवा सङ्घ एकता टुंगियोः  केन्द्रीय समिति ३३५ र १११ को सचिवालय  (विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २६, २०७६

काठमाडौँ । राष्ट्रिय युवा सङ्घको केन्द्रीय ३ सय ३५ सदस्सीय केन्द्रीय समिति र १ सय ११ सदस्सीय सचिवालय र केन्द्रीय कार्यालय ९ सदस्सीय बन्ने भएको छ । 

राष्ट्रिय युवा सङ्घका संयोजक  रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले २०७६ भाद्र २६ गते एक विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी दिनुभएको हो ।
वाइसिएल र युवा सङ्घ एकता भई बन्ने केन्द्रीय समितिमा वाइसिएल १५५ र युवा सङ्घको तर्फबाट १७६ रहने छन् भने सात प्रदेश मध्ये पूर्व युवा सङ्घले ४ प्रदेशको र ३ प्रदेश वाइसिएलले नेतृत्व गर्ने सहमति भएको छ । 

सङ्घका अनुसार २०७६ भाद्र २७ गते ३ बजे  पेरिस डाँडामा कार्यालय उद्घाटन र पदभार ग्रहणको कार्यक्रम हुनेछ ।