मन्त्रीका कारण भन्दा पनि होहल्लाका कारण ढिलाइ : बुद्ध एयर (पत्रसहित)

मन्त्रीका कारण भन्दा पनि होहल्लाका कारण ढिलाइ : बुद्ध एयर (पत्रसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ३०, २०७६

काठमाडौं । शनिवार नेपालगञ्जबाट काठमाडौं उडानका क्रममा भएको विवादबारे बुद्ध एयरले तीन दिनपछि आफ्नो भनाइ सार्वजनिक गरेको छ ।

सोही उडानमार्फत् काठमाडौं फर्कंदै गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण उडान केही ढिला भएको थियो । उडान ढिला भएको भन्दै भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीको नेतृत्वमा केही यात्रुहरूले होहल्ला गर्दै मन्त्री भट्टराईमाथि 'अभद्र' व्यवहार गरेका थिए ।

घटना सार्वजनिक भएपछि त्यसबारे धेरै टीकाटिप्पणी भएको थियो । तत्काल केही नबताएको बुद्ध एयरले सोमवार 'घटनाबारे सत्य तथ्य विवरण' भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखेको पत्रमा मन्त्रीका कारण भन्दा पनि होहल्ला गर्नेहरूका कारण ढिलाइ भएको बताएको छ ।

कैलालीको कार्यक्रमबाट आउँदा आउँदै उडान समयभन्दा केही समय ढिलाइ भएकोमा मन्त्री भट्टराईले सार्वजनिक रूपमा माफी मागिसकेका छन् । उता, जहाजमा होहल्ला गर्न दिइनु र होहल्लाकै बीचमा जहाज जस्तो संवेदनशील कुरा उडाइनु गलत भएको पनि आलोचना भइरहेको छ ।

हेर्नुहोस् पत्र :