लोकसंवाद संवाददाता | कारोबार | असोज ०२, २०७६
काठमाडौं, एजेन्सी । अब उत्तरी ध्रुवमा घुम्न जाने पर्यटकले त्यहाँ रात बिताउन पनि पाउने भएका छन् । लग्जरी एक्शन नाम गरेको ट्राभल कंपनीले आर्कटिक महासागरमा जमेको हिउँमाथि एउटा शानदार आलिशान होटल निर्माण गर्ने भएको छ ।
होटलमा बस्ने यात्रीले ५ रातको भाडा भने एक लाख डलर तिर्नुपर्ने छ । यसमा १० वटा न्यानो डोम हुनेछ । अहिलेसम्म यहाँ होटलको कुनै सुविधा थिएन ।
उत्तरी ध्रुवमा नर्दर्न लाइट्सको दृष्य हेर्न यहाँ प्रत्येक वर्ष एक हजाराैं पर्यटक जाने गरेका छन् । यसको अलावा यहाँ सील, ध्रुवीय भालु, तथा आर्कटिक पक्षि लगायत अन्य वन्य जीव हेर्न पनि मानिसहरु आउने गरेका छन् ।