डिजाइन त्रुटिपूर्ण भएको भन्दै तीन वर्षमै भत्काइँदै 'फ्लाइओभर'

डिजाइन त्रुटिपूर्ण भएको भन्दै तीन वर्षमै भत्काइँदै 'फ्लाइओभर'

लोकसंवाद संवाददाता  |  कारोबार  |  असोज ०२, २०७६

काठमाडौं, एजेन्सी । भारतको केरल राज्यको कोच्चि शहरको राष्ट्रिय राजमार्ग ६६ मा बनाइएको एउटा फ्लाईओभर भत्काइने भएको छ । बनेको तीन वर्षपछि नै पलारीवाट्टोम फ्लाईओभरको डिजाइन त्रुटिपूर्ण भएको साथै पिलर तथा गर्डरमा धाँजा फाटेपछि उक्त फ्लाईओभर भत्काउने निर्णय गरिएको हो । 

यो फ्लाईओभर कोच्चिको व्यस्त तथा सबैभन्दा महत्वपूर्ण जंक्शन हो । यो फ्लाइओभर ७६ करोडको लागतमा निर्माण गरिएको थियो । यसलाई अक्टोबर २०१६ मा मात्रै यातायातका लागि खोलिएको थियो । खोलेको केही महिना पछि नै यसमा चिरा देखिन थालेको थियो । यसै वर्षको मे महिनामा यसलाई अस्थायी रूपमा बन्द गरिरएको थियो । अब अहिले भने यसलाई पूर्णरुपमा बन्द गरिएको छ ।

हाल भत्काउने भनेपनि यहाँ पुनः फ्लाईओवर बनाउनु पर्ने निर्णय आईआईटी मद्रासको विशेषज्ञ कमिटिले सरकारलाई दिएको रिर्पोटमा उल्लेख गरेको छ । 

यसलाई मर्मत सम्भार गर्नुभन्दा नयाँ निर्माण नै उपयुक्त ठहराइएको थियो । नयाँ फ्लाईओभर निर्माणको काम आगामी महिना देखि शुरु हुनेछ ।