राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज ०२, २०७६

काठमाडौं । राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । भदौ ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधिसभाले बिहीवार सर्वसम्मतिले पारित गरेको हो ।

राहदानी विधेकका बारेमा कांग्रेस सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएपछि उक्त विधेयक सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा निणर्यार्थ पेस गर्नुभएको थियो । राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक, २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी पारित गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी राष्ट्रिय सभाले पारित गरेको थियो ।