नृत्य तथा योगका लागि ललितपुरको धापाखेलमा  नयाँ प्रशिक्षण केन्द्र

नृत्य तथा योगका लागि ललितपुरको धापाखेलमा  नयाँ प्रशिक्षण केन्द्र

लोकसंवाद संवाददाता  |  कारोबार  |  असोज ०३, २०७६

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं २४ स्थित धापाखेलमा नयाँ नृत्य, तथा योग प्रशिक्षण केन्द्र सञ्चानमा आएकाे  छ ।

२०७६आश्विन १ गते ललितपुर महानगरपालिकाको उपमेयर गीता सत्यालले उद्घाटन गनुभएको उक्त केन्द्रले धापाखेल तथा त्यस वरपर सुनाकोठी, ठेचो लगायतका मानिसहरुलाई नृत्य तथा योग सिक्नका लागि सहज हुने बताइएको छ । 

बढ्दो आधुनिकीकरण, व्यस्त जीवनशैली र पर्याप्त खुला ठाउँको अभावमा मानिसहरु योग, व्यायाम तथा नृत्यका लागि समय खर्चेर अन्यत्र जानुपर्ने अवस्थाको यसले अन्त्य गर्ने यसका लगानीकर्ता सुनिता खड्काले बताएकी छन् । 

नजिकै रहेको सिभिल होम, भ्यालि होम तथा बन्दै गरेका सिजी अर्पाटमेन्ट लगायत स्थानीय स्तरमा यस्ता केन्द्रको अभाव रहेकाले नयाँ ढंगले योग तथा नृत्यको एउटै केन्द्र खोलिएको अर्का लगानीकर्ता उमेश केसीले बताए ।

हाल केन्द्रमा बिहान र बेलुकी योग तथा नृत्य प्रशिक्षण भैरहेको तथा गृहिणी महिलाको समयलाई मध्यनजर गरेर दिउँसो पनि नृत्य प्रशिक्षण जानकारी गराइएकाे  छ ।