‘आबुई ! हेर् न, यहाँ पनि मुन्द्रो हुँदोरहेछ !’

‘आबुई ! हेर् न, यहाँ पनि मुन्द्रो हुँदोरहेछ !’

शैलेन्द्र अधिकारी  |  साहित्य  |  असोज ०३, २०७६

शिवरात्रिलगत्तैको अर्को हप्ता । यस्तो लाग्छ, पशुपति नै थकाइ मारिरहेछ । कलुषित मन तर निर्मल शरीर भएकाहरूले हरदिन आफूलाई स्वच्छ बनाइदिन नुहाइदिँदा उसलाई कस्तो लाग्दो हो ? पानीभन्दा ढल धेरै बगिरहने वागमतीको दुर्गन्ध नाकमै ठोक्किन आइपुग्दा, कस्तो ठाउँमा आएर बसेछु भन्ने ग्लानिको भावना आउँदो हो कि नआउँदो हो ? अझ अहिले त शिवरात्रिको त्यो चहलपहलले एक वर्षलाई बिदा लिएर गएको छ । शिवरात्रि आउनुभन्दा अगाडि यहाँका जोगी, सन्यासीहरूको मुहारमा पनि एक किसिमको आभा देखिन्थ्यो । अहिले विलकुल शान्त देखिएको छ– वर्षापछिको आकाशजस्तै ।

राम मन्दिर परिसर घाटपछिको अर्को प्रिय ठाउँ मेरालागि । यी जोगीहरूसँग गफिन थालेपछि म हिजोआज समय गएको पत्तै पाउँदिनँ । तर, यिनीहरू एकदम कम बोल्छन् । परिचित हुँदै गएपछि मात्र अलिक खुल्न थाल्छन् ।

म त्यहाँ पुग्दा त्यस्तै एघार बजेको थियो होला । सानो मन्दिरको पेटीमा बसेर आँखा चिम्लिरहेका एक जोगीलाई मैले भनेँ– ‘बाबा जय शम्भो !’

उनले पुलुक्क हेरे र ‘तथास्तु’को भावमा हात उठाए ।

म उनी नजिकै बसेँ टुसुक्क । उनी चुप लागे । मैले बोल्ने कुरा पाइनँ । एउटा चुरोट निकालेर सल्काएँ, अर्को उनीतिर तेर्स्याएँ ।

उनले चुरोट तानेर एक सर्को धुवाँ फाले हावामा र ख्वाङ ख्वाङ खोके ।

‘बाबा ! तपाईंको नाम ?’

मेरा प्रश्नले बाबाजी झस्किए । बोले– ‘हमारा कोही नाम नहीं होता बेटा ।’

‘दीक्षित होने का वक्त आपका गुरुजी ने कोही नाम तो दिया होगा ?’, मैले हिन्दी फिल्म हेरेर सिकेको टुटफुट हिन्दीमा सोधेँ ।

त्यही बेला दुई सुन्दरी विदेशी युवती आइपुगे– छोटो र कतैकतै च्यातिएको कट्टु र खुकुलो टिसर्ट लगाएका । लगत्तै तिनीहरूले आफ्नो क्यामराको लेन्स मिलाउन थाले । बाबा हल्का मुस्कुराए अनि हात उठाएर ‘पोज’ दिए ।

‘हाँ ! वो तो है ! मै नित्यानन्द सागर हुँ !’

‘बाबा ! आप कहाँ से हो ?’

‘मै ? मै यहीँ से हुँ । क्या बेबकुफ की तरह पुछ रहे हो ?  साधुका घर गृहस्थी नहीं होता बेटा ।’

‘मेरा मतलब, आप कहाँ पैदा हुए थे ?’

‘इसका तुम्हे कोई मतलब ?’

बाबाले आफ्नो फुस्रो अनुहारलाई झन् फुस्रो बनाए । मलाई लाग्यो– उनी जति हुन्, त्यसभन्दा बढी देखिन खोज्दै छन् ।

‘बाबा, आप कितने वरस से बाबा बने ?’

‘ए बात तो मैने भुल गया बेटा !’

‘आप अभी कितने वरस हुए ?’

उनलाई मेरो प्रश्न मनपरेन सायद । 

‘गिन्ने का फुर्सद किसके पास है ? गिन के क्या फायदा ?’, उनी थोरै कड्किए ।

अरे ! दिनभर यतिकै बस्छन्, गन्ने फुर्सद छैन । मनमनै हाँसो उठ्यो ।

‘थोडा याद तो होगा’, म चुप बस्नै सकिनँ ।

‘हुवा होगा साठ–सत्तर वरस ।’

‘बाबा ! आप कैसे बाबा बने ?’

‘मै बचपन से गाँजा पिता था । गाँजा पिते–पिते मै बाबा बन गया ।’

म हाँसोले झण्डै मरिनँ । चुरोटको धुवाँ नै सर्कियो ।

उनलाई भने यसले कुनै प्रभाव पारेन ।

उनीसित एकोहोरो प्रश्न गर्दा म आफैँलाई दिक्क लाग्दै आएको थियो । उनलाई के भयो होला ? उनले मेरो प्रश्नको सभ्य पाराले उट्पट्याङ उत्तर दिन थालेपछि सहजै अनुमान लगाएँ– बाबाजी पनि दिक्क भइसके मेरा प्रश्नबाट ।

त्यही बेला दुई सुन्दरी विदेशी युवती आइपुगे– छोटो र कतैकतै च्यातिएको कट्टु र खुकुलो टिसर्ट लगाएका । लगत्तै तिनीहरूले आफ्नो क्यामराको लेन्स मिलाउन थाले ।  
बाबा हल्का मुस्कुराए अनि हात उठाएर ‘पोज’ दिए ।

जाने बेलामा बाबाको हातमा एक सय रुपैयाँको नोट राखिदिई एउटीले ।

बाबाले त्यसलाई पिडौँलामुनि च्यापे र आँखा बन्द गरे ।

‘बाबा एक बात पुछूँ ?’, एकछिनको मौनता तोड्दै भनेँ ।

‘क्या ?’

‘गुस्सा मत होइए ।’

‘हाँ हाँ बोलो ।’

‘गुस्सा मत होइए’, मैले आफ्नै मनले सोचेको कुरा हिन्दीमा अभिव्यक्त गर्नै सकिनँ ।

‘विलकुल ! विलकुल !!’

‘जब आप बीस–बाइस–पच्चीस वरस के थे, जब आप ऐसे ही सुन्दरी युवतीको देखते थे, आपको कभी भी कामवासना जागृत नहीं हुवा ?’

बाबाले दाहिने हातको बुढी औँलालाई चोर औँलाको टुप्पोसम्म ल्याउँदै भने– ‘मेरा बचपन से इत्तु सी है । खोलके देखादूँ ?’

कस्तो घिन लाग्यो सम्झँदै ! मुण्टो फर्काएर पिच्च थुकेँ ।

भनेँ– ‘नहींं बाबा नहींं । मेरा तो सामान्य जिज्ञासा था । मै विश्वास करता हुँ । अविश्वास का तो सवाल ही पैदा नहीं होता ।’

एकछिन मौनता छाइरह्यो ।

‘बाबा, सिगरेट पिओगे ?’, सोधेँ ।

‘नहीं, हमारे पास ही है ...’ बोलिसक्दा नसक्दै एउटा पुरानो झोलाबाट चुरोट निकालेर सल्काए ।

यसो हेरेँ– सूर्य चुरोट नै रहेछ ।

सोधेँ– ‘बाबा, आपका खानेपिनेका प्रबन्ध कैसे है ?’

दुई औँलाको चेपमा चुरोट च्यापेर बाबाले पारिपट्ट देखाउँदै भने– ‘तुमको मालुम है ? उधर एक अफिस है ।’

मैले एकफेर टाउको कन्याएँ । भनेँ– ‘पशुपति विकास कोष ?’

‘हाँ हाँ !’

‘उधर कर्मचारी होते है कि नहीं ?’, उल्टै सोधे मलाई ।

‘हाँ, होते है ।’

‘उनको तनखा कौन देता है ?’

‘सरकार देता है ।’

‘क्यों ?’

‘क्या क्यों ? ओ सरकारी लोग है ना । सरकार का काम करते है, तो सरकार ने ही तनखा देना पडेगा’, निधारमा मुजा पार्दै बोलेँ म ।

‘हाँ ! वो सरकारी लोग सरकारको काम करते है, तो सरकार तनखा देती है । हम लोग भी भोले बाबाको काम करते है तो व्यर्थ चिन्ता किस बात की ? हमारा हर जरुरत वो पूरा करते है ।’

‘आपको लगता है की आपको मुक्ति मिलेगी ?’

‘क्यों नहींं ? भोले बाबा उदार है । क्या कहते ? आशुतोष है ना बाबा । हम तो उनकी कारिन्दा । कैसे वो हमको अकेला छोड सकते है ?’

बोलिसकेर उनले दुई घुट्का पानी पिए– छेउमै रहेको मिनरल वाटरको बोतल तानेर ।

‘आपके पास सिगरेट, पानी किन्नेके लिए पैसा कहाँ से आते है ?’

‘आप जैसे भक्त लोग आते है, उन्हो ने दे जाते है ।’

एकछिन दुवै मौन रह्यौँ । उनीसँग खासै बोल्ने कुरा थिएन । म के सोधौँ भनेरै सोचिरहेको थिएँ ।

एकाध विदेशी र स्वदेशी घुमन्तेहरू आए । कसैले परैबाट हेरेर एकअर्कामा कानेखुसी गरे । कोही नजिकै आएर चियाएर गए । बाबाले वास्ता नभएजस्तो गरे ।

यसरी म नजिकिएँ पशुपतिका जोगीहरूसँग । प्रायः जान्थेँ । जाँदा केही खिल्ली चुरोट वा फलफूल मेरो साथमा हुन्थ्यो । विस्तारै यी नित्यानन्द बाबासँग म नजिकिएको थिएँ । अब त उनी पनि मसँग केही खुलेर कुरा गर्ने भएका थिए । मलाई उनका कुराले फरक ज्ञान दिइरहेको थियो ।

अब मलाई उनीहरूको रहनसहनको बारेमा जान्न मन लाग्यो । कसरी बस्दा हुन् ? कहाँ बस्दा हुन् ? के खाँदा हुन् ? कसले बनाएर दिँदो हो बस्ने ठाउँ ? बिरामी हुँदा के गर्दा हुन् ?

अब यिनै प्रश्नहरूले मनलाई थप असन्तुष्ट बनाउन थाले । म केही न केही उपायको खोजी गर्न थालेँ । सत्य कुरा त के हो भने मानिसको हरेक समस्याको जड ऊ स्वयम् हो ।
अर्को एक दिन । त्यही मृगस्थलीको बाटो । उही नित्यानन्द बाबा ।

एउटीले त्यसलाई निकै प्रेमपूर्वक सुम्सुम्याई र रालोको टुप्पोमा भएको मुन्द्रोलाई देखाएर भनी– ‘आबुई ! हेर्न, यहाँ पनि मुन्द्रो हुँदोरहेछ !’

म पुग्दा बाबा गाँजा तानिरहेका थिए । म उनीसँगै बसेँ, भुइँमा । बाबाले गाँजा मिसाएको चुरोट मतिर तेर्स्याए ।

चुरोट तान्दै मैले सोधेँ– ‘बाबा, आप रातको किधर सोते है ?’

‘उधर, राम मन्दिर हं ना । वहीं सोता हु’, बाबाले बाटो पारिपट्टि औँलाले देखाए ।

‘क्या मै भी एक रात उधर ठहर सकता हुँ ?’

‘क्यों ? आपका भी जोगी बन्नेका इरादा है क्या ?’

‘नहींं ! पर मै उत्सुक हुँ आप लोगोंका जीवनचर्या जानने का ।’

‘ये सब जानके क्या करोगे ?’

‘कुछ नहींं ।’

‘आप काम क्या करते हो ?’

‘विद्यार्थी हुं ।’

‘तुम सांसारिक माया मोह छोड नहीं सकते । हमारा दिनचर्या जानके क्या करोगे ?’

‘कोसिस करुंगा बाबा !’

बाबालाई प्रभावित पार्न मैले सांसारिक माया मोह छोड्न कोसिस गर्ने कुरा त गरेँ तर मेरो दिमागमा यस्तो ख्याल पनि आएको थिएन । म त एक रात जोगीहरूसँग रहेर उनीहरूको समग्र एक दिन कसरी बित्दोरहेछ, थाहा पाउन चाहन्थेँ ।

त्यहीबवेला कलेज ड्रेस लगाएका तीन–चार जना युवतीहरू यतै आए । कसैका हातमा लेज, कुरकुरे थियो त कसैकामा फेण्टा ।

‘आबुई ... हेर्न ओई, कत्रो घन्ट ?’, एउटीले चोरी औँलाले देखाई ।

एकछिनसम्म पनि उसको मुखको ढक्कन खुलै रहिरह्यो ।

अर्की उसलाई उछिनेर आई र घण्टको रालो सुम्सुम्याउँदै घण्ट बजाई– ट्याङ् ट्याङ् ट्याङ् ट्याङ् ।

ती नवयौवनालाई देखेर जोगीहरूको मुखाकृतिमा केही भिन्नता देखिन्छ कि भनेर मैले घरि युवतीहरूतिर त घरि जोगीहरूतिर हेरिरहेँ । ती जोगीहरूको मुखाकृतिमा कुनै परिवर्तनको छनकसम्म देखिनँ ।

सोचेँ– ‘साँच्चै यिनीहरूले कामवासनामाथि विजय प्राप्त गरिसकेका रहेछन् ।’

ती युवतीहरू घन्टको रालो समातेर फोटो खिच्न थाले ।

एउटीले त्यसलाई निकै प्रेमपूर्वक सुम्सुम्याई र रालोको टुप्पोमा भएको मुन्द्रोलाई देखाएर भनी– ‘आबुई ! हेर्न, यहाँ पनि मुन्द्रो हुँदोरहेछ !’

अर्की खितित्त हाँसी, यताउति हेरी र लजाई ।

सबैले पालैपालो रालोलाई समातेर किस गर्दैै सेल्फी हाने ।

एउटीले रालोको टुप्पोमा भएको मुन्द्रोलाई मुखभित्र हालेर सेल्फी खिची ।

म भने जोगी र युवतीहरूको जीवनदर्शनमा अल्मलिइरहेँ ।

(उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास 'निर्वेद'को पुस्तक अंश । 'निर्वेद' आज शनिवार दिउँसो १२ बजे लेखनकुञ्ज नयाँबानेश्वरमा विमोचन हुँदै छ ।)