बम बानियाँ | दृष्टिकोण | असोज ०५, २०७६
विश्व राजनीतिक नेताहरूको इतिहास हेर्दा आफ्नो देश बदल्ने र संसारलाई विचार व्यवहारबाट बदल्ने केही नेताहरू जन्मिएका देखिन्छ । जुनसुकै राजनीतिक दर्शन र विचारधारा मान्ने भए पनि उनीहरूबाट गरिने अपेक्षा भनेको सुखी जनता, समृद्ध देश नै हो ।
सन् २०१९ का विश्वमा उत्कृष्ट १० सरकार चलाउने नेताहरूमा क्रमशः रुसका राष्ट्रपति भलादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एन्जेला मार्केल, चीनका राष्ट्रपति सि जिन पिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका प्रधानमन्त्री ली केइङ, बेलायतका प्रधानमन्त्री देरेसा मे, साउदी अरेवियाका राजा सलमान विन अब्दुलिज अल साउद, इजरायलका नेता अली होसेनी खमेनी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु परेका छन् ।
उनीहरूको राज्य संचालनको तरिका हेर्दा सबैले आआफ्नै ढंगबाट देश निर्माणमा उल्लेखनीय योगदान पु¥याएका देखिन्छ । उनीहरूले विश्वलाई नै परिवर्तन गर्न चुनौतीपूर्ण योगदान दिएका पाइन्छ । कुनै पनि देश सफल हुन त्यस देशको शासन सत्तामा रहेका नेताको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रत्येक वर्ष विश्वका शक्तिशाली नेताहरूको सूचीसमेत प्रकाशन भएको हुन्छ । सबै शक्तिशाली नेताहरू असल नेता मात्रै चाहिँ हुदैनन् । शक्तिकै भरमा चर्चित भएर सूचीमा परेका पनि हुन्छन् । को नेता कसरी कुनकुन सूचकहरूका आधारमा ‘टप टेन’ नेता छानिए भन्ने महत्त्वपूर्ण प्रश्न हो । जे होस्, नेता समाज परिवर्तनका संवाहक भने पक्कै हुन् ।
नेपालमा विभिन्न राजनीतिक परिवर्तन सँगसँगै विभिन्न चरित्रका नेताहरू सतहमा देखापरे । हामीले सानो कक्षादेखि नै असल नेतामा हुनुपर्ने गुणहरू पढ्दै आयौँ र पढाउँदै पनि आएका छौँ । नेता दूरदृष्टिकोण भएको, नम्र, इमान्दार, आत्मविश्वासी, अरूलाई प्रभाव पार्न सक्ने, सिर्जनशील, सही निर्णय सही समयमा लिन सक्ने रोल मोडेल हुनुपर्ने आदिआदि । यस्तै विषय पढेर, यस्तै गुणहरू सिकेर जसरी भए पनि राजनीति गर्ने नेताहरू थुप्रैले जमर्को गरेका देखिन्छ ।
लामो समयसम्म सामन्ती राज्यसत्ताले राज ग¥यो भने त्यसको विरुद्ध अर्थात् विकल्पमा प्रजातान्त्रिक र कम्युनिस्ट धारको जन्म भएको मानिएको छ । विभिन्न कालखण्ड र उथलपुथलसहितका परिवर्तन हुँदै आए । २००७ सालदेखि माग हुँदै आएको जनताका प्रतिनिधिद्वारा संविधान निर्माण गर्ने जनचाहना २०७२ सालमा आएर पूरा भएको छ अर्थात् देशले नयाँ संविधान पाएको छ । देशको शासन व्यवस्था संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएर जननिर्वाचित जनप्रतिनिधिले शासन संचालनमा सहभागिता जनाइरहेका छन् । यसरी संविधान आगमनको चौथो वर्ष देशले मनाइरहेको छ अहिले । यस सन्दर्भमा असल र देश सुहाउँदो नेता कस्तो हुनुपर्छ भन्ने विचार तथा दृष्टिकोणको खोजी कार्य जारी रहेको छ ।
अहिले देशमा विशेष गरेर दुई धारका नेताहरूले शासन गरिरहेका छन् । पहिलो, प्रजातन्त्रान्त्रिक र दोस्रो, कम्युनिस्ट । नेपालका हरेक पार्टीमा नेताको गुण भएका असल नेता नभएका भने होइनन् तर संख्यात्मक रूपमा स्वाभिमानी, दूरदृष्टि भएका, राष्ट्रवादी, सिद्धान्तममा प्रतिबद्ध नेताहरू अल्पसंख्यक मात्र छन् । त्यही पार्टीको सिद्धान्त र विचार बोकेर भाषण गर्दै हिँड्ने तर व्यवहारमा प्रयोग गर्न नसक्ने, पद र कुर्सीमा बीढ नै लोलुप बहुसंख्यक भएका कारण अझै पनि देशले चाहेजति गति लिन सकिरहेको अवस्था छैन ।
अहिले कम्युनिस्ट नेताहरूको शासन नेपालमा सुरु भएको छ । दुई ठूला कम्युनिस्ट दल विगतका नेकपा माओवादी केन्द्र र एमाले एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । यही पार्टीको नेतृत्वमा दुई तिहाईको सरकार बनेको छ । नेपालमा स्थिर सरकार नबनेको निकै लामो समयपछि पार्टीहरू एकीकरण भएर जननिर्वाचित स्थायी सरकार देशले पाएको २००७ सालपछिको तेस्रो हो । दुई तिहाई बहुमतकै कांग्रेस सरकार २०१५ को निर्वाचनपछि बन्यो तर २ वर्षमै राजा महेन्द्रले त्यसमाथि कू गरेर पंचायत लादे । २०४८ को आमनिर्वाचनपछि स्पष्ट बहुमतसहतिको कांग्रेसकै सरकार बन्यो तर ३ वर्षमै कांग्रेसभित्रकै खिचातानीका कारण त्यो ढल्यो र मध्यावधिमा देश होमियो ।
नेता पनि चुनावी घोषणापत्र र नारा लिएर हुने, नहुने सबै कुरा ओकल्दै हिँड्छन् । जब चुनाव सकिन्छ, जितेर जाने नेता विस्तारै भुल्छ चुनावी घोषणापत्र र नाराहरू । अनि जनता पनि सुरु गर्छन् पुरानै उखान– ‘जुन जोगी आए पनि कानै चिरेको ।’
नेपालमा भएको दश वर्ष लामो सशस्त्र जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन हुँदै संविधानसभाको निर्वाचन, नयाँ राज्य संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा नेतृत्वले निकै महत्त्वपूर्ण भूमिका खेलेका भन्न मिल्छ ।
एउटा राजतन्त्रको युग अन्त्य र अर्को जनताको शासनको युग सुरु गर्ने कार्यको जस वर्तमान नेतृत्वलाई नै जान्छ । हिजो जहानियाँ राणाशासन हुँदै केही दरबारिया शासकहरूले चलाएको, खाएको मुलुक आज कमसे कम जनप्रतिनिधिसम्म त पुगेको छ । नेकपाको चुनावी मुख्य नारामा ‘स्थायी सरकार, समृद्ध नेपाल, सुखी नेपाली’ कति राम्रो ! नेपाली जनताले सदियौँदेखि चाहेको नारा जनस्तरमा पु¥याइयो । सोहीबमोजिम अहिले एउटै पार्टीको सरकार निर्माण भएको अवस्था छ तर पनि किन अझै जनताले सोचेजस्तो नयाँ परिवर्तनको जग नै बसेको छैन भन्ने गम्भीर आशंका पैदा हुँदै गएको छ । यो समयलाई त झन् नेपाल कम्युनिस्ट पार्टी अग्निपरीक्षामा देखिएको छ ।
नेतृत्व सर्वस्वीकार्य हुने भनेको स्थापित हुने काल पनि हो । समयको सदुपयोग नेता र राज्य सञ्चालक कम्युनिस्ट नेताहरूले गर्न सकेनन् भने देश र कम्युनिस्ट राजनीतिलाई नै निकै खतरा छ । किनकि तत्काल यो सरकारको विकल्प छैन र अर्को वैकल्पिक शक्ति पनि देश सञ्चालन गर्न तयार र उपयुक्त देखिँदैन । सबै असफल भइसकेका र आफैँभित्र विवादित राजनीतिक शक्तिहरू मात्रै छन् । उनीहरू शक्ति आर्जन गर्नका लागि विभिन्न पार्टीबाट टुटफुट भएका शक्तिहरू अहिले बैंकहरू मर्ज भएको शैलीमा विचार र सिद्धान्त जतासुकै होस्, पार्टीहरू मर्ज भइरहेका छन् । यी यस्ता ‘कक्टेल’ नेतृत्वबाट देश सञ्चालन हुन निकै कठिन हुन्छ । र, यस प्रकृतिका नेताहरूको जनविश्वास पनि कम हुन्छ ।
कुनै पनि पार्टीको मेरुदण्ड भनेको त्यो पार्टीका विचार र सिद्धान्त नै हुन् तर सुन्दर विचार र सिद्धान्तहरू जनतामा छरेर गलत बाटो नेतृत्व हिँड्नु नै राजनीतिक दलका नेताको सबैभन्दा ठूलो बेइमानी हो ।
जनताले ठूलै कायापलटको अपेक्षा पनि अहिले गरेका छैनन् । मौन रूपमा सरकारका कामकाज, जनप्रतिनिधि र नेतृत्वको शैली हेरिरहेका छन् । सामान्य जनताको स्तरमा के परिवर्तन भयो ? सुशासनमा के फरक हुँदै छ ? भ्रष्टाचारमा शून्य सहनशीलताको नारा कतिको लागू हुँदै छ ? महँगी, स्कुलको फि, कर र सुविधामा हिजो र आज के अन्तर छ ? अहिलेलाई यिनै सानासाना दैनिक जनजीविकाका विषय नै जनताले हेर्ने हुन् ।
राजनीतिक घटनाक्रमअनुसार नेताहरूको जन्म हुने गर्छ । नेपालमा राज्य सत्ताको विरुद्ध भूमिगत र हतियार उठाएर राजनीतिक आन्दोलनहरू भए । यिनै आन्दोलनहरूले विभिन्न नेताहरू जन्माए । अहिलेका को नेता राम्रा ? नेताहरू के गर्नुपर्ने के गरिरहेका छन् ? कस्तो नेता खास गरेर नेपालमा हुनुपर्ने ? र, कस्ताकस्ता नेताहरू छन् ? भन्ने विषयमा पहिलेदेखि अहिलेसम्म चिया पसल, गल्ली, चोक, भेला, बैठक आदिमा चर्चा चलिरहन्छन् । समग्रमा हेर्दा नेताका बारेमा सकारात्मक भन्दा नकारात्मक टीकाटिप्पणीहरू नै सुनिन्छन् ।
अबको नेताले अहिलेको नयाँ पुस्ताको मनोविज्ञान, क्षमता, इच्छा, समयको माग र समाजको आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक, भौगोलिक जस्ता विषयमा सामान्य ज्ञान राख्न जरुरी छ । नेताका लक्षित समूह भनेका यिनै हुन् । यी विषयमा ऊ कति जानिफकार छ भन्ने विषयले निकै नै महत्त्व राख्छ । अहिलेको पुस्ता मिडिया, गुगल, युट्युव, फेसबुक, ट्विटर आदि सामाजिक सञ्जालले गर्दा संसारको सूचना र प्रविधिमा निकै अपडेट छ ।
२०७४/०७५ सालमा आएर कम्युनिस्ट पार्टीको सरकार र नेताकै विषयमा आलोचना भइरहेको छ । हाम्रो देशमा जनता तथा नेता हेर्दा शहरदेखि गाउँसम्म नजान्ने, नबुझ्नेजस्ता कोही पनि देखिँदैनन् । बोलेको सुन्दा, विचार सुन्दा एकसे एक देखिन्छन् । नेताहरूको संख्या हेर्दा पनि पनि राम्रै संख्या भएको देश हो हाम्रो । जनता चुनावको अगाडि त्यही नेता संसारकै उत्कृष्ट भनेर वकालत गर्दै मञ्चबाट भाषण गर्दै हिँड्छन् । नेता पनि चुनावी घोषणापत्र र नारा लिएर हुने, नहुने सबै कुरा ओकल्दै हिँड्छन् । जब चुनाव सकिन्छ, जितेर जाने नेता विस्तारै भुल्छ चुनावी घोषणापत्र र नाराहरू । अनि जनता पनि सुरु गर्छन् पुरानै उखान– ‘जुन जोगी आए पनि कानै चिरेको ।’
यसरी हेर्दा के देखिन्छ भने नेताहरू चुनाव जित्न र मुख्य लक्ष्य मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म बन्ने बोकेर राजनीति गर्दारहेछन् । त्यसका लागि नेतामा हुनुपर्ने गुणहरू घोक्दारहेछन् । कोही राजनीतिशास्त्र पढेर दम्भसहित चुनावी टिकट दाबी गर्दारहेछन् । कोही सशस्त्र युद्धको विषय उठाएर ‘जीवन आहुति दिएको नाफाको जीवन’ भन्दै भागकै मागमा दाबी गर्दारहेछन् । जनतालाई चुनाव अगाडि या पाँच वर्षपछि उठ्नु छ भने आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक काम गरेको नाटक मञ्चन गर्दारहेछन् ।
कोही जनताको घरदैलोमा पुगेर सानोतिनो सहयोग पनि गर्दारहेछन् । कोही भने चुनाव लड्नु छ भने सबैखाले हथ्कण्डा अपनाएर पैसा कमाउने अनि चुनावमा नेतादेखि सबैलाई गुलामी गरेर पैसा तिरेर टिकट किनेर चुनाव जित्ने सपना बुन्दारहेछन् । कतिपय केन्द्रमा बसेर ठूला नेताका पछि लागेर आफूलाई पनि गतिलै नेता देखाउन चाकडी र चाप्लुसी गर्दारहेछन् । अहिलेसम्म यी र यस्तै प्रकारका नेताहरूले देश सञ्चालन गरिरहेका छन् । चुनावमा एक करोड रुपैयाँ खर्च गरेर जितेका नेताको सोच कस्तो हुन्छ होला ? हामी आफैँ अनुमान गर्न सक्छौँ । कतिपय नेताको सोच त ‘जोगी हुनलाई राजनीति गरेको होइन’ भन्ने पनि आउँछ ।
हामीलाई सिकाइएकै के छ भने राजनीति भनेको फोहोरी खेल हो । संसद भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसल हो । हाम्रो प्रशिक्षण नै यस्तो भएपछि हामीले हाम्रा नयाँ पिँढीलाई सिकाउनेचाहिँ के होला या कस्तो राजनीतिक संस्कार होला ? यसरी जेजे जनतालाई भनेर जति खर्च गरेर भए पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता सिकाउनुले कस्तो खालको नेतृत्व जन्माउँछ होला ? सोचनीय विषय हो कि होइन यो ? रिट्ठो रोपेर कागती खोज्नु हाम्रो आफ्नै कमजोरी हुन आउँछ ।
कस्तो हुनुपर्छ अबको नेतृत्व ?
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाददेखि पुष्पलालको नौलो जनवाद हुँदै मदन भण्डारीको जनताको बहुदलीय जनवाद, माओवाद र अहिले नेकपाको जनताको जनवादसममका विषयहरू आइरहँदा हामी भने कहाँ छौँ बोली र व्यवहारमा, यसबारेमा निकै गम्भीर भएर सोच्न जरुरी छ ।
नयाँ नेपाल निर्माणमा लागेका, नयाँ ऊर्जा बोकेका नेता र पुरानै मोडेलबाट कहिले थाक्दै कहिले जाग्दै, कहिले देश नै दाउमा राख्दै, कहिले महाराष्ट्रवादको मखुण्डो लगाएका नेताहरूका अनगिन्ती सही, गलत अभ्यासहरूका जिउँदा साक्षी हामी नेपाली जनता हौँ । हरेकका विषय र एजेण्डा मुद्दाहरूलाई हामीले विश्वास गरेर सबैभन्दा कम खराब नेताहरूलाई भ¥याङ चढाउँदै आएका छौँ । जुन सोच र आशाका साथ हामी नेता चुन्छौँ, समग्रमा हामी बीचमै निराश बन्छौँ ।
पहिलो कुरा, अबको नेताले अहिलेको नयाँ पुस्ताको मनोविज्ञान, क्षमता, इच्छा, समयको माग र समाजको आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक, भौगोलिक जस्ता विषयमा सामान्य ज्ञान राख्न जरुरी छ । नेताका लक्षित समूह भनेका यिनै हुन् । यी विषयमा ऊ कति जानिफकार छ भन्ने विषयले निकै नै महत्त्व राख्छ । अहिलेको पुस्ता मिडिया, गुगल, युट्युव, फेसबुक, ट्विटर आदि सामाजिक सञ्जालले गर्दा संसारको सूचना र प्रविधिमा निकै अपडेट छ ।
बाईसौँ शताब्दीको नयाँ खोजीमा छ नयाँ पुस्ता तर कतै नेताहरू उनीहरू भन्दा निकै पछि त छैनन् ? नेतृत्वले सोच्ने यो एउटा गम्भीर विषय हो । यो पुस्ताको नेतृत्व गर्ने नेता अबको सफल नेता हुन सक्छ ।
अबको नेता वा नेतृत्व कस्तो हुनुपर्छ भन्ने केही विषय नेपालको सन्दर्भमा यहाँ प्रस्तुत गरिएको छ ।
कमसे कम जनप्रतिनिधि भएपछि देश र जनताप्रति उत्तरदायी नेतृत्व हुनै पर्छ । एउटा सरकार प्रमुख, एउटा जिम्मेवार मन्त्री, एउटा मेयर जस्तो मान्छे पदमै रहँदा जनताबाट आलोचित भइरहनुहुन्न । किनकि पदमा रहँदा ऊ सबैको नेता हो तर त्यो प्रत्याभूति दिन सक्ने नेता देखिन्न । यी पदहरूको सम्मान हुनुपर्छ । यसका लागि हिजोका राजा र महाराजाका शैलीहरू जबसम्म जनताका भोट प्राप्त नेताले अपनाइरहन्छन्, तबसम्म आलोचना भइरहन्छ ।
यो सबै चुनावी खर्च पार्टीले या राज्यले व्यहोर्नुपर्छ । एउटा देशको नेता रित्तो गोजी लिएर चुनाव लड्छ र देशलाइ भरिलो बनाउँछ अनि रित्तै गोजी लिएर पदबाट निस्किन्छ तर देशले उसलाई पाल्न सक्षम भइसकेको हुनेछ । यो नै अबको नेताको चाबी कुरा हो । यसबारेमा विस्तृत विचार आगामी लेखमा उल्लेख गरिनेछ ।
निष्कर्ष
नेपाल राजनीतिक अभ्यासमै छ । अब तेस्रो विचार बोक्ने, नयाँ युगबोध भएको इतिहास र वर्तमान अनि भविष्यको सम्बोधन गर्न सक्ने, देश र अन्तर्राष्ट्रिय राजनीतिक प्रभाव मूल्यांकन गर्न सक्ने, लोभमुक्त संघ, प्रदेश र स्थानीय तहमा तीनै तहको संविधानले दिएका अधिकारको कार्यान्वयन गर्न सक्ने नेताहरूको खाँचो अझै पनि खड्किरहेको देखिन्छ ।
कमसे कम जनप्रतिनिधि भएपछि देश र जनताप्रति उत्तरदायी नेतृत्व हुनै पर्छ । एउटा सरकार प्रमुख, एउटा जिम्मेवार मन्त्री, एउटा मेयर जस्तो मान्छे पदमै रहँदा जनताबाट आलोचित भइरहनुहुन्न । किनकि पदमा रहँदा ऊ सबैको नेता हो तर त्यो प्रत्याभूति दिन सक्ने नेता देखिन्न । यी पदहरूको सम्मान हुनुपर्छ । यसका लागि हिजोका राजा र महाराजाका शैलीहरू जबसम्म जनताका भोट प्राप्त नेताले अपनाइरहन्छन्, तबसम्म आलोचना भइरहन्छ ।
सामान्य एउटा उदाहरण अहिलेको मन्त्री र राष्ट्रपतिको सवारीको सवालमा सवारी भन्ने शब्द नै हटाउनुपर्छ र त्यो सवारीको नाउँमा हुने आकाशजाम र सडकजाम बन्द गर्नुपर्छ । नेतालाई आफैँले भोट दिएर देवत्वकरण गर्दै लैजाने सामन्ती संस्कारको अन्त्य र नयाँ जनवादी नेतृत्वको अब नेपालमा विकल्प छैन ।
नयाँ नेता जन्माउने जिम्मा पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । अहिले राजनीतिक अभ्यासहरूले पक्कै पनि यी विषयहरूमा ध्यान दिँदै परिवर्तनको पक्षमा उभिनु समाजवादी समृद्ध नेपालको जग बसाल्नु हो । यो विषयमा सबै दलका नेतृत्वहरू जवाफदेही भएर एक पटक लाग्ने हो भने असल नेतृत्वका लागि कुनै देशको उदाहरण दिइराख्नुपर्दैन । नेपाल आफैँ उदाहरण बन्न सक्छ ।