लोकसंवाद संवाददाता | समाचार | असोज १०, २०७६
काठमाडौं, एजेन्सी । सर्भे एजेन्सी यु जिओभीले गरेको एक सर्भेमा पुरुषतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लोकप्रिय देखिएको तथ्य सार्वजिनक गरेकाे छ भने महिलामा मेरी कम अगाडि देखाएको छ ।
पुरुष तथा महिलाका लागि गरिएको सर्भेमा ४१ देशका ४२ हजार मानिसलाई सर्वेमा सहभागी गराइएकाे थियाे । सर्भेका अनुसार पुरुष तर्फको शिखरमा रहेका मोदीले १५.६६ प्रतिशत तथा महिला तर्फको शिखरमा रहेकी बक्सर मैरीकमले १०.३६ प्रतिशत प्राप्त गरेकाे देखाइएको छ ।
सर्भेमा धोनीले ८.५८ प्रतिशतको साथ दोस्रो तथा रतन टाटा ८.०२ प्रतिशतका साथ तेस्रो स्थानमा रहेकाे पाइएकाेे छ भने अमिताभ बच्चन छैठौं स्थानमा, सचिन तेंदुलकर सातौं तथा विराट कोहली आठौं नंबरमा रहेको छ ।
व्यक्ति अंक
१. नरेंद्र मोदी १५.६६ प्रतिशत
२. महेंद्र सिंह धोनी ८.५८ प्रतिशत
३.. रतन टाटा ८.०२ प्रतिशत
४. बराक ओबामा ७.३६ प्रतिशत
५.. बिल गेट्स ५.९६ प्रतिशत
६. अमिताभ बच्चन ६.५५ प्रतिशत
७. सचिन तेंदुलकर ५.८१ प्रतिशत
८. विराट कोहली ४.४६ प्रतिशत
९. शाहरुख खान ३.६३ प्रतिशत
१०. जैकी चेन ३.४४ प्रतिशत
महिलामा भने मैरीकम पछि किरण बेदी (९.४६ प्रतिशत ) दोस्रो, तथा लता मंगेशकर (९.२३ प्रतिशत) तेस्रो नंबरमा रहेका छन् । नोबेल शांति पुरस्कार विजेता पाकिस्तान की मलाला यूसुफजई यो सूचीमा (५.७५ प्रतिशत) का साथ छैठौं स्थानमा रहेकी छन् । अमेरिकाको पूर्व राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामा ५.५३ प्रतिशतका साथ सातौं नंबरमा रहेकी छन् ।