लोकसंवाद संवाददाता | समाचार | असोज १४, २०७६
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएको छ ।
उहँले उपसभामुख समक्ष राजीनामापत्र बुझाउनुभएको हो । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताउनुभएको छ ।
महराले राजीनामापत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गर्नुभएको छ ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाटसमेत राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिएको थियो ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ ।