मङ्गलबार केही गिरावट आएको सुनको मूल्य बुधवार स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रति तोला ६९ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रति तोला ६९ हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य प्रति तोला ६९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रति तोला ६८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रति तोला १० रुपैयाँले बढेर ८३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।