लोकसंवाद संवाददाता | समाचार | असोज २४, २०७६
काठमाडौँ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा अउनलाग्नु भएका चीनका राष्ट्रपति सी जिनपिङकाे बुहप्रतिक्षित दुई दिने औपचािरक भ्रमण २०७६ असाेज २५ गते शनिबारबाट हुँदैछ ।
परराष्ट्र मन्त्रालयकाे स्राेत अनुसार चीनका राष्ट्रपति सी जिनपिङकाे भ्रमण तालिका यस प्रकार रहेको छ ।
चिनियाँ राष्ट्रपति सी २०७६ असाेज २५ गते शनिबार अपराहन्ह ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आाइपुग्ने कार्यक्रम रहेकाे छ । आाइपुग्ना साथ राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता तय गिरएकाे छ । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श समेत हुनेछ ।
करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा चीनका राष्ट्रपति सी जिनपिङ सहभागी हुनुहुनेछ । रात्रिभोजसँगै शनिबारको औपचािरक कार्यक्रम रािखएकाे छैन ।
२०७६ असाेज २६ गते आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुनेछ । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने हुने प्रारम्भिक कार्यक्रम तय गरिएको छ ।
यही बीचमा चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्नेछन् । राष्ट्र सी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम मिलाइएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङकाे बुहप्रतिक्षित दुई दिने औपचािरक भ्रमणका विभिन्न एजेण्डाहरु समेत तय गरिएको बताईएको छ । सीको नेपाल भ्रमणका अवसरमा नेपालले ठूला भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिदै आएको बुझिएकाे छ ।
यस भ्रमणका अवसरमा नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । २०७६ असाेज२३ गते बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवम् लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदालाई अनुमाेदन समेत गरेकाे छ । सीको भ्रमणको अवसरमा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी भइरहेको छ ।
नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका(मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने विषय पनि नेपाल सरकारले प्रथामिक्ताकाे सूचिमा राखेकाे छ ।
चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी रहेकाे छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग ल्याउन पाउने छ । सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिने समेत नेपाल सरकारले तया गरेकाे छ ।
चीनका बन्दरगाह जोड्नका लागि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माण एवम् विस्तार गर्ने तयारी गरिएकाे छ । य
उता चिनियाँ पक्षले भने बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महत्त्वकांक्षी परियोजना लिएर आगडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ । अन्तरदेशीय सञ्जालको विस्तार र विकासमार्फत कूटनीतिक एवम् आर्थिक सञ्जाल बढाउने चीनको विशेष चासो देखाउँदै आएकाे छ ।
सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखकाे औपचािरक भ्रमण हुन लागेकाे हाे ।