यमबहादुर दुरा | समाज | असोज २४, २०७६
कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेको–भोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको हुनुपर्छ । पहाडको जनसंख्या कति प्रतिशतले घट्यो भन्नेबारे भरपर्दो तथ्याङ्क छैन । यतिचाहिँ निर्धक्क भन्न सकिन्छ, गाउँघर सुनसानप्रायः छ । दशैँले गाउँघरमा चहलपहल ल्याउँछ । तर त्यो चहलपहल क्षणभङ्गुरपूर्ण हुन्छ । दशैँ सकिँदानसकिँदै गाउँघर फेरि पुरानै अवस्थामा फर्किन्छ ।
पहिले पहिले दशैँमा हरेक गाउँमा रोहोटे पिङ हालिन्थे । साथमा लिङ्गे पिङ पनि हालिन्थे । अहिले समय बदलिएको छ । एकाध गाउँमा रोहोटे पिङ हालिएका छन् । लिङ्गे पिङभन्दा रोहोटे पिङ बनाउन धेरै सर्दाम जनशक्ति र सीप अवश्यक पर्दछ । गाउँमा युवाशक्ति पातलिएको बेलामा रोहोटे पिङ बनाउन त्यति सजिलो छैन । अब रोहोटे पिङले डाइनोसरको नियति भोग्ने हो कि भन्ने चिन्ता छ ।
विगतमा रोहोटे पिङ सामाजिक जमघटको जिउँदोजाग्दो थलो थियो । खासगरी अल्लो गाउँ–पल्लो गाउँका युवायुवती भेला भएर भलाकुसरी गर्ने थलो थियो । त्यस किसिमको भलाकुसरीमा जन्मने साङ्गीतिक माहोल स्थानीय परिवेशलाई जीवन्त तुल्याउँथ्यो । रोहोटे पिङमा गुञ्जने लोकभाकामा मन बहलाउन स्थानीय बूढापाका पनि झुम्मिन्थे ।
गाउँका कतिपय वासिन्दा बाहिरी उत्पादनका अतिशय भोगी बनेको पाइयो, जो स्थानीय मदिराभन्दा कम्ती चार गुण महङ्गो छ । स्थानीय आयस्तरले नधान्ने यस्ता उत्पादनप्रतिको मोहले स्थानीय अर्थतन्त्रलाई कता पुर्याउला ? दुनियाँ ग्लोबलाइजेसनको सघन प्रक्रियाबाट अघि बढिरहेको परिवर्तनशील घडीमा यस्तो कुरा गरिरहँदा कतै पंक्तिकार आफैं परम्परावादी भएको त होइन ?
समयले यस्ता कला र गला जगेर्ना गर्ने दृश्यलाई विगतको अँध्यारो कुनातिर धकेलिदिएको छ । अहिले गाउँ गाउँमा रेकर्डेड म्युजिक पुगेको छ । गाउँका कतिपय आमा समूहले लाउड स्पिकर किन्न थालेका छन् । अब कसैले मुख बाउन पर्दैन । लाउड स्पिकरमा बजेका गीतमा नाचिदिएमात्र पुग्छ । गाउँमा लाउड स्पिकर संस्कृति भित्रिएपछि सबैलाई सजिलो भएको छ । यसले गाउँघरको गला र गलालाई आम रूपमा मार्दै लगेको छ । स्थानीय लोकभाका र रैथाने संस्कृति पलपल मर्दै गएको छ ।
हिजोका दिनमा गाउँमा दूध–दही छेलोखेलो हुन्थ्यो । एकाध परिवारमा मात्र दूध–दही हुँदैनथ्यो । अहिले परिस्थिति उल्टो भएको छ । आजकल एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । दूध–दही दिने गाई–भैँसी पाल्न पाखुरा चाहिन्छ । गाउँका घाँस काट्ने बलशाली पाखुरा अन्यत्र बसाइँ सरेपछि कसले गाई–भैँसी पाल्नु ? अनि कसरी दूध–दही पाउनु ? बरू दूध–दहीको ठाउँ बहुराष्ट्रिय कम्पनीको उत्पादनले लिन थालेका छन् । यसपटक गाउँमा पुग्दा संयोगवश कृष्ण चरित्र सोरठी नृत्य र दोहोरीको खाल देख्न पाइयो, जुन आजकल गाउँघरमै दुर्लभ दृश्य बन्न थालेका छन् । गाउँका युवायुवतीहरू आधुनिक शैलीका गीत र नृत्यमा अभ्यस्त हुँदै गएका बेलामा यस्ता सांस्कृतिक कार्यक्रमको साक्षी बन्न पाउनु पनि एक अर्थमा भाग्य नै बन्न पुगेको छ ।
गाउँ डुल्दा कतिपय घरमा कोल्ड ड्रिक्स दिएर स्वागत गरिए । दूध–दहीजस्ता सस्तो, सहज र स्वस्थ्यकर रैथाने उत्पादनको ठाउँमा बहुराष्ट्रिय कम्पनीको महङ्गो र अस्वस्थ्यकर उत्पादन गाउँमा पुग्दा हाम्रो रैथाने उत्पादन र स्थानीय अर्थतन्त्रको हालत के हेला ? मन चसक्क भयो । गाउँमा दूध–दही भेट्न मुस्किल छ तर बियर र अन्य ब्राण्डका मदिरा सजिलै पाइन्छ ।
गाउँका कतिपय वासिन्दा बाहिरी उत्पादनका अतिशय भोगी बनेको पाइयो, जो स्थानीय मदिराभन्दा कम्ती चार गुण महङ्गो छ । स्थानीय आयस्तरले नधान्ने यस्ता उत्पादनप्रतिको मोहले स्थानीय अर्थतन्त्रलाई कता पुर्याउला ? दुनियाँ ग्लोबलाइजेसनको सघन प्रक्रियाबाट अघि बढिरहेको परिवर्तनशील घडीमा यस्तो कुरा गरिरहँदा कतै पंक्तिकार आफैं परम्परावादी भएको त होइन ? आफैंलाई प्रश्न सोध्न मन लाग्छ ।
कताकता सरकार नै बहुराष्ट्रिय कम्पनीको एजेन्ट जस्तो लाग्छ । यो कुनै एक सरकारको कुरा होइन, विगतका सबै सरकारको कुरा हो । सरकारले नागरिकको सांस्कृतिक अधिकारको विरुद्ध हुने गरी घरेलु मदिरा निषेध अभियान चलाउँदै आएको छ । प्रहरी–प्रशासन घर घरमा घुसेर अत्याचारपूर्ण किसिमले घरेलु मदिरा नष्ट गर्ने काम सगौरव भइरहेको छ ।
उता, गाउँ गाउँमा बहुराष्ट्रियका उत्पादन पुगेका छन् । यसमा कुनै नियन्त्रण छैन । स्थानीय संस्कृति र अर्थतन्त्रको एक हिस्सा रहेको घरेलु उत्पादनप्रति सरकार हिंस्रक छ । बहुराष्ट्रिय कम्पनीको उत्पादनप्रति घोषित वा अघोषित रूपमा हरेक सरकारले मोहभाव दर्साउँदै आएको छ । घरेलु अर्थतन्त्र मर्दैछ, बहुराष्ट्रिय कम्पनीको अर्थतन्त्र आयातन र प्रभाव बढ्दो छ । यस्तो लाग्छ – स्थानीय अर्थतन्त्र हार्दैछ, बहुराष्ट्रिय कम्पनीको उत्पादनले शनैशनै विजय प्राप्त गर्दैछ ।
गाउँ डुल्दा कतिपय घरमा कोल्ड ड्रिक्स दिएर स्वागत गरिए । दूध–दहीजस्ता सस्तो, सहज र स्वस्थ्यकर रैथाने उत्पादनको ठाउँमा बहुराष्ट्रिय कम्पनीको महङ्गो र अस्वस्थ्यकर उत्पादन गाउँमा पुग्दा हाम्रो रैथाने उत्पादन र स्थानीय अर्थतन्त्रको हालत के हेला ? मन चसक्क भयो । गाउँमा दूध–दही भेट्न मुस्किल छ तर बियर र अन्य ब्राण्डका मदिरा सजिलै पाइन्छ ।
गाउँको कृषि अर्थतन्त्र धरापमा छ । धेरै जमिन बाँझो पल्टिएका छन् । तर, कतिपयले खेताला लगाएर भए पनि खेतीबाली लगाउन छाडेका छैनन् । उनीहरूलाई पूरापुर जानकारी छ, कृषि उत्पादनभन्दा खर्च धेरै छ । तुलनात्मक रूपमा कृषि मजदुर महंगो छ । काममा लगाउन खेतालालाई धेरै खुसी तुल्याउनुपर्ने अवस्था छ । कुरा प्रष्ट छ, यस्तो कृषि प्रणाली धेरैबेर टिक्नेवाला छैन ।
गाउँमा निराशामात्र छैन, आशालाग्दा पक्ष पनि छन् । विगतमा पेन्सिलको धर्साजस्तो मात्र देखिने ग्रामीण सडक स्तरोन्नति भएका छन् । चिल्ला कार पुग्न नसके पनि धेरैजसो ग्रामीण सडकमा बाह्रैकाल बस दौडन थालेका छन् । तुर्लुङकोटमा होमस्टे रहेका कतिपय घरमा वाइफाइ जडान गरिएका छन् । यसबाट कतिपय ग्रामीण समुदाय चौबीसै घण्टा सूचना र सञ्चारको पहुँचमा रहने वातावरण तयार भएको छ ।
विकेन्द्रीकरणको चर्को भोकलाई शान्त पार्दै देशमा सङ्घीय प्रणाली लागू भइसकेको अवस्थामा स्थानीय सरकार अधिकार सम्पन्न छ । विगतको तुलनमा ठूलो धनराशीको बजेट गाउँमा पुग्न थालेको छ । नयाँ सरकारले अघि सारेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले गाउँघरमा रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ ।
यी आशालाग्दा परिदृश्य आँखासामु दृष्टिगोचर हुँदाहुँदै पनि अघि नै रित्तो बनिसकेको गाउँघरमा सहकाल ल्याउन सजिलो छैन । आन्तरिक बसाइँ सराइको शहरमुखी ट्रेन्डलाई हेर्दा गाउँघरमा हरप्रकारको सहकाल फर्कन्छ भन्न कठिन छ । भोलिका दिनमा गाउँघर पूरापुर रित्तो हुन्छ वा फेरि भरिलो बन्छ ? यसबारे भविष्यवाणी गर्न गाह्रो छ । अब समयले दिने जवाफको प्रतीक्षा अपेक्षित छ ।