करिब एक करोड मूल्य पर्ने जग्गा निःशुल्क रुपमा खानेपानी योजनाका लागि प्रदान

करिब एक करोड मूल्य पर्ने जग्गा निःशुल्क रुपमा  खानेपानी योजनाका लागि प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज २५, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँमा खानेपानी योजनाका लागि कबड्डी प्रशिक्षक दिनेश पालले  करिब एक करोड मूल्य पर्ने जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनु भएकाे छ । 

 दार्चुला खेलकूद विकास समिति कार्यालयका प्रमुख पालले आज वनगाउँस्थित त्रिपुरा क्लब नजिक तीन कट्टा १० धुर जग्गा उपलब्ध गराउनु गर्नुभएको हो । सरकारी जग्गा नभएर खानेपानी योजना सञ्चालनका लागि समस्या भएपछि स्थानीय पालले जग्गा उपलब्ध गराउनुभएको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभएको छ ।

  'वडा नं ५ मा स्वच्छ खानेपानीका लागि योजना अघि सार्‍यौँ । त्यसका लागि जग्गाको समस्या देखियो, जग्गा छैन भन्ने कुरा आयोु , नगर प्रमुख विष्टले भन्नुभयो, 'स्थानीय पालले जग्गादान गरेपछि योजना अगाडि बढाउन सहज भएको छ ।'

वडा नं ५ का सबै घरधुरीलाई पुग्ने गरी नेपाल खानेपानी संस्थानसँगको सहकार्यमा खानेपानी योजना सञ्चालन गर्न लागिएको छ । आगामी दुई वर्षभित्र पूरा हुने लक्ष्य राखिएको योजनाको निर्माण कार्य शुरु भएको छ ।