अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकु मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकु घाइते भएका थिए । उक्त क्षेत्रमा विद्रोहीहरूलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
तालिबानी संगठनले यस कारबाहीका बारेमा केही टिप्पणी गरेका छैनन् ।