नाइजेरियाको इग्बोओरामा जुम्ल्याहाहरुको उत्सव !

नाइजेरियाको इग्बोओरामा जुम्ल्याहाहरुको उत्सव !

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  कात्तिक ०३, २०७६

काठमाडौँ, एजेन्सी । नाइजेरियाको इग्बो ओरा शहरलाई जुम्ल्याहा बच्चाको राजधानीको रुपमा लिन थालिएकाे छ । यहाँ जुम्ल्याहा बच्चाको उत्सव मनाउने गरिन्छ । अक्टोबर १८ बाट यस्तो महोत्सव शुरु भएको हाे । यसमा सहभागी हुनका लागि संसारभरबाट जुम्ल्याहा बच्चाहरु यहाँ आउने क्रम जारी छ ।  

यस महोत्सवमा साना जुम्ल्याहा देखि ठूलासम्मको सहभागिता देख्न पाइन्छ । इग्बो ओरामा संसारकै सबैभन्दा धेरै जुम्ल्याहा जन्मने गर्छन् । 

नेशनल सेन्टर फर हेल्थ स्टैटिस्टिक्सका अनुसार अमेरिकामा हरेक एक हजारमा ३३ जुम्ल्याहा बच्चाको जन्म हुने गरेको छ, भने इग्बो ओरामा प्रति हजारमा औसत ५० जुम्ल्याहाको जन्म हुने गरेको छ ।

इग्बो ओराका स्थानीयका अनुसार पूर्व औपनिवेशिक कालमा जुम्ल्याहा बच्चाको जन्म हुनुलाई नराम्रो रुपमा हेर्ने गरिन्थ्यो भने अहिले भने आशीर्वादको रुपमा हेर्ने गरिन्छ । 

वैज्ञानिकका अनुसार हालसम्म पनि इग्बो ओरामा किन धेरै जुम्ल्याहा जन्मन्छन भन्ने बारेमा कुनै तथ्य पत्ता लागेको छैन । तर, स्थानीयका अनुसार महिलाको खानपानका कारण नै यहाँ जुम्ल्याहा बच्चाको जन्म हुने गरेको छ ।