लोकसंवाद संवाददाता | समाचार | कात्तिक ०४, २०७६
काठमाडौं, एजेन्सी । भारतको प्रधानपुरा इलाकामा २०७६ कात्तिक १ गते अर्थात १८ अक्टोबर शुक्रवार दिन बेलुकी एउटा बच्चा २० फिट अग्लो ग्यालरीमा रहेको रेलिंगबाट तल झरे । बच्चाको भाग्य भन्नुस वा संयोग भनाैं त्यसैबेला बाटोमा हिंडिरहेको एउटा रिक्साको माथि बालक झर्न पुगे । बच्चालाई केही भएन र बच्चा सकुशल रहेको छ ।
बच्चाका आमा बाबु व्यापारी आशीष तथा पूर्णिमा जैनका अनुसार एउटा अन्जान इश्वरको रुपमा उदाएका रिक्सावाला अपरिचितले उनीहरुको छोराको ज्यान बचाइदिए ।
घटना पछि बच्चालाई लिएर आमाबाबु जिल्ला अस्पताल पुगेका थिए । जहाँ अस्पतालका डाक्टरले बच्चा स्वस्थ रहेको भन्दै फर्काएका थिए ।
बच्चाका पिता आशीषले घटना भएका बेला रिक्शा बाटोमा निस्कनु तथा त्यसमाथि बच्चा पर्नु एउटा अनौठो संयोगको रुपमा लिइएकाे छन् । र उनले भनेका छन् - तर, यो मेरो लागि चमत्कार भन्दा कम रहेन् ।
घटना भएका बेला बच्चाका बाबु आशीष पसलमा थिए । जब उनले घटना सिसिटिभि फुटेजमा हेरे तब उनको होश नै उडेकाे थियाे। उनले रिक्सा चालकलाई घरमा बोलाएर उनका लागि नयाँ रिक्सा समेत किन्दिने पनि बताएका छन् ।