स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रति शेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिनेगरी प्रस्ताव गरेको हो ।
बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । बैंकको कुल चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ छ । बैंकले आव २०७५/०७६ मा कुल एक अर्ब ८० करोड रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो ।