सरकारले यही कात्तिक १३ गते किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।
सरकारका प्रवक्ता संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै बिहीवार उक्त जानकारी दिनुभएको हो ।