निवर्तमान सभामुख महरालाई अझ सात दिनसम्म  हिरासतमा !

निवर्तमान सभामुख महरालाई अझ सात दिनसम्म  हिरासतमा !

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०८, २०७६

काठमाडाैँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धाका लागि थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डको एकल इजलासले  २०७६ कात्तिक बिहिबारका दिनदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयोे ।

श्रेष्ठका अनुसार महरालाई डिएनए परीक्षणका लागि रगत उपलब्ध गराउनसमेत अदालतले आदेश दिएको छ । यसअघि यही कात्तिक २ गतेदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जुन आज सकिएको थियो । निवर्तमान सभामुख महरालाई गत २८ असोजमा १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएकोे थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा २०७६असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो ।

निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरीवृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।