तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा शुक्रवार प्रति तोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ६०० ले बढेर ७१ हजार रुपैयाँ पुगेको छ ।
बिहीवार छापावाला सुन प्रति तोला ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले नै वृद्धि भई प्रति तोला ७० हजार ७०० रुपैयाँ पुगेको छ । बिहीवार तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भई प्रति तोला ८६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।