प्रकाश पौडेल | साहित्य | कात्तिक ०८, २०७६
मन्द आवाज
लजालु हेराइमा
फूल फक्रियो ।
सट्टेबाजीमा
पिरती उखेलेर
कर्कलो रोप्यौ ।
देउती बाजे
आँगनमा सुकुल
प्यासी लोखर्के ।
खेतबारीमा
चरीको नचरी छ
रित्तो मचान ।
आशाको बत्ती
तेल थप्दै कुरेर
बिहानी भयो ।