कास्की- २ मा नेकपाबाट विद्या भट्टराई सर्वसम्मत

कास्की- २ मा नेकपाबाट विद्या भट्टराई सर्वसम्मत

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०८, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वसम्मत रूपमा विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने सिफारिस गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका थापाले सर्वसम्मत रूपमा सबैले विद्यालाई सिफारिस गर्ने प्रस्ताव ल्याएको र सबैको सहमतिमा नै एकल रूपमा उहाँलाई सिफारिस गर्ने निर्णय गरेको बताउनुभयो ।

भट्टराई स्व. रवीन्द्र अधिकारीकी श्रीमती हुनुहुन्छ । कास्की– २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदै छ । कास्की– २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो ।

यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिस गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ ।