निकै उतार चढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार स्थानीय बजारमा सुनको मूल्य प्रति तोला ७०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रति तोला ७१ हजार २०० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
बिहीवार छापावाला सुन ७० हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७०० रुपैयाँ ले वृद्धि भएर प्रति तोला ७० हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रवार तेजाबी सुन प्रति तोला ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएर प्रति तोला ८७० रुपैयाँ पुगेको छ । पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रति तोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।