एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसीप छनोटको पहिलो खेलमा बुधवार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गरिरहेको छ । इरानको तेहारानस्थित पीएएस स्टेडियममा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ युएईको सामना गर्दै छ ।
खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु भएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, युएई र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।
नेपाली टोलीको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नवीन गुरुङ, रोशन डोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन छन् । त्यसैगरी मिडफिल्डरमा दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेम्जन तथा फर्वाडमा मनिष डाँगी, राजीव लोप्चन, रेजिन सुब्बा र दीपेश आले मगर छन् ।